
रामबन, 11 जुलाई (हि.स.)। जम्मू-कश्मीर पुलिसले रामबन जिल्लामा तीन जना अमरनाथ तिर्थ यात्रीहरूको 13 लाख रुपियाँ र केही महत्वपूर्ण दस्तावेजहरूले भरिएको एउटा ह्याण्ड भेट्यो जसलाई सत्यापन पश्चात तिर्थ यात्रीहरूलाई सुम्पिइयो। महाराष्ट्रबाट आएका यी तिर्थ यात्रीहरूले बनिहालस्थित तिर्थ यात्रा शिविरमा पुग्नअघि ट्याक्सीको सीट मुनि राखिएको आफ्नो ब्याग त्यहीँ छोड़ेका थिए। उनीहरूलाई दक्षिण कश्मीरस्थित अमरनाथ गुफा मन्दिर तर्फ प्रस्थान हुनुथ्यो।
अधिकारीहरूले बताए, सूचना पाएर बनिहाल एसएचओ आशिक हुसैन लोनको नेतृत्वमा एक टीमले सोपोर पुलिसको समन्वयमा ट्याक्सी चालकको बारेमा पत्तो लगायो। उनले बताए, भेटिएको नगद र दस्तावेजहरूलाई सत्यापन गरिएपछि सम्बन्धित तिर्थ यात्रीहरूलाई सुम्पिइयो।
तिर्थ यात्रीहरूले तत्काल कारबाही गरेकोमा पुलिसप्रति आभार व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा