
श्रीनगर, 11 जुलाई (हि.स.)। जम्मू औ कश्मीर पुलिसको राज्य जाँच एजेन्सी (एसआईए)-ले 2013 सालमा भएको एक आतङ्कवादी हमलाको मामिलामा हिजबुल मुजाहिदीनका नामित आतङ्कवादी इम्तियाज अहमद कन्दु विरूद्ध इन्टरपोल रेड कर्नर नोटिस हासिल गरेको छ।
अधिकारीहरूले भने, यो रेड कर्नर नोटिस प्राप्त हुनु भनेको उत्तरी कश्मीरको बारामूला जिल्लाको तारजू क्षेत्रमा वर्ष 2013-मा भएको आतङ्कवादी हमलाको जाँचमा एक महत्वपूर्ण उपलब्धि हो जसमा जम्मू अनि कश्मीर पुलिसका चार जना जवानहरू शहीद भएका थिए। अधिकारीहरूले बताए, “आफ्नो निरन्तर आतङ्कवाद-विरोधी अभियानहरूमा एउटा ठूलो सफलता हासिल गर्दै कश्मीरको भारतीय सुरक्षा एजेन्सी (एसआईए) -ले नामित हिजबुल मुजाहिदीन (एचएम) आतङ्कवादी इम्तियाज अहमद कन्दु उपनाम फैयाज उपनाम सज्जादविरूद्ध इन्टरपोल रेड कर्नर नोटिस (आरसीएन) प्राप्त गरेको छ।” उनीहरूले बताए, सोपोरको क्रालताङ्ग निवासी कन्दु उपनाम फैयाज उपनाम सज्जाद 2010 सालदेखि नै प्रतिबन्धित आतङ्कवादी सङ्गठन हिजबुल मुजाहिदीनका सक्रिय सदस्य औ कमाण्डर रहिआएको छ।
आतङ्कवादी गतिविधिहरूमा उसको निरन्तर संलिप्तताको कारणले भारत सरकारले अक्टुबर, 2022-मा उसलाई नामित आतङ्कवादी घोषित गरेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा