
कठुआ, 11 जुलाई (हि.स.)। जीएमसी कठुआले उन्नत बाल चिकित्सा सेवाको क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हासिल गर्दै पहिलो पटक एकजना पाँच वर्षीय बालकको सफलतापूर्वक रीनल (किडनी) बायोप्सी गरेर इतिहास रचेको छ।
यो जटिल प्रक्रिया संस्थानका प्रिन्सिपल डा. सुरिन्दर कुमार अत्रीको दूरदर्शी नेतृत्व, मार्गदर्शन औ निरन्तर प्रोत्साहन तथा बाल रोग विभागका अध्यक्ष डा. विरेन्द्र कुमारको देखरेखमा सफलतापूर्वक सम्पन्न भयो।
रीनल बायोप्सीको यस चुनौतीपूर्ण प्रक्रियालाई बाल नेफ्रोलोजिस्ट एवं असिस्टेन्ट प्रोफेसर डा.. आकाश कुमारले डा. निपुण, डा. शारदा औ डा. एरामको समर्पित टीमको सहयोगले परिणाम दिएका हुन्। सम्बन्धित बालक एक जटिल किडनी रोगबाट ग्रस्त थियो जसको सठीक उपचारको लागि उत्तक (टिश्यू) जाँच गर्न आवश्यक थियो।
प्रिन्सिपल डा. सुरिन्दर कुमार अत्रीले बताए, कम उमेरका रोगीहरूमा यस किसिमको प्रक्रिया तकनिकी रूपले अत्यन्त चुनौतीपूर्ण हुन्छ जसको लागि सूक्ष्म योजना, उच्च स्तरीय सटीकता, अल्ट्रासाउण्ड मार्गदर्शन तथा प्रक्रिया पश्चात गहन निगरानीको खाँचो पर्छ। टीमले यसबै पक्षहरूलाई सफलतापूर्वक पालन गर्दै प्रक्रियालाईसुरक्षि ढङ्गमा पूरा गऱ्यो।
यो उपलब्धि जीएमसी कठुआमा बाल नेफ्रोलोजी सेवालाई सुदृढ़ बनाउने दिशामा एउटा ठूलो कदम हो जसबाट अब बाल-बालिकाहरूलाई यस्तो विशेष जाँचको लागि ठूल्ठूला अस्पतालहरूमा रेफर गर्ने आवश्यकता केही हदसम्म कम हुनेछ। यस सफलतामा बाल रोग विभागका असिस्टेंट प्रोफेसर डा. सुदेश सिंहको पनि महत्वपूर्ण योगदान रह्यो जसको मार्गदर्शनले विभागमा उन्नत चिकित्सा सेवालाई मजबुत बनाउनमा महत्वपूर्ण भूमिका निभायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा