बारूइपुरमामुख्यमन्त्री शुभेन्दुले पीड़ित परिवारसित भेट गरे, मब लिन्चिङ्गमा मारिएका युवकको परिवारलाई 25 लाख रुपियाँ र नोकरी दिने घोषणा
बारूइपुरमामुख्यमन्त्री शुभेन्दुले पीड़ित परिवारसित भेट गरे, मब लिन्चिङ्गमा मारिएका युवकको परिवारलाई 25 लाख रुपियाँ र नोकरी दिने घोषणा


-सूर्यपुरमा नयाँ पुलिस चौकीको उद्घाटन

-दुष्कर्म-हत्या औ मब लिन्चिङ्ग दुवै मामिलाका दोषीहरूलाई कड़ा सजाय दिने भरोसा

कोलकाता, 11 जुलाई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले शनिवार दक्षिण 24 परगनाको बारुइपुरस्थित सूर्यपुरमा दुष्कर्म औ हत्याकी शिकार नाबालिकाको परिवार अनि मब लिन्चिङ्गमा मारिेका युवक इन्द्रजीत मण्डलको परिवारसित भेट गरे। मुख्यमन्त्रीले मब लिन्चिङ्गमा ज्यान गुमाउने युवकको परिवारलाई 25 लाख रुपियाँको आर्थिक सहयोगस्वरूप चेक प्रदान गरे। साथै युवकको दाज्युलाई सिभिक भोलन्टियरमा नोकरी दिने घोषणा गरे।

मुख्यमन्त्रीले भने, सरकार नाबालिकाको पीड़िता परिवारको साथमा छ। तथापि मुख्यमन्त्रीले परिवारलाई कुन किसिमको सहयोग गर्ने हो, त्यस सम्बन्धमा भने बताएनन्। उनको भनाइ थियो, यदि परिवारले चाहे आफै यसको जानकारी सार्वजनिक गर्नेछ।

यस अवसरमा मुख्यमन्त्रीले सूर्यपुरमा स्थापित नयाँ पुलिस चौकीको उद्घाटन पनि गरे। उनले बताए, पीड़िताको परिवारले गत मङ्गलवार उनीसित यस क्षेत्रमा पुलिस चौकी स्थापना गर्ने अनुरोध गरेको थियो। मात्र चार दिनभित्रमा यसलाई शुरू गरिएकोछ। उनले भने, दुष्कर्म-हत्या अनि मब लिन्चिङ्ग दुवै मामिलामा दोषीहरूलाई कानून अनुसार कड़ाभन्दा कड़ा सजाय दिइनेछ।

मुख्यमन्त्रीले भने, नाबालिकासित भएको बर्बर घटना पश्चात उसको परिवारले जाँचमा पूर्ण सहयोग गरेको छ। उनले बताए, सिकायतमा दर्ता चार जना आरोपीहरूलाई पुलिसले पक्राउ गरिसकेको छ। केही आरोपीहरू बसिरहाटको बाटो भएर बङ्गलादेशको सीमासम्म पुगेका थिए, तर उनीहरूलाई पनि समातिएको छ। उनले बारूइपुर पुलिसको कारबाहीको सराहना गर्दै भने, मब लिन्चिङ्गसित सम्बन्धित मामिलाको जाँच सीआईडीले गरिरहेको छ, त्यसैले उनी यसमाथि कुनै टिप्पणी गर्न चाहँदैनन्।

पीड़िताको परिवारसित भेट गरेपछि मुख्यमन्त्री इन्द्रजीत मण्डलको घरमा पुगे। उनले आरोप लगाए, युवकको पहिचान देखेर उसको हत्या गरिएको हो। उनले भने, 35 वर्षीय अविवाहित युवकलाई हात-खुट्टा बाँधेर कुटियो। मुख्यमन्त्रीले दाबी गरे, घटनाको पछाड़ि राजनीतिक उक्साहटको भूमिका रहेको छ। उनले भने, भीडियोमा देखिएका सबै आरोपीहरूलाई पक्राउ गरिएको छ। केही आरोपीहरूलाई बक्खाली र दिघाबाट पनि समातिएको छ।

मुख्यमंत्री ने बताया कि मृतक इंद्रजीत मंडल के परिवार की जिम्मेदारी राज्य सरकार ने अपने ऊपर ली है। परिवार के मकान की मरम्मत कराई गई है। मृतक के पिता की वृद्धावस्था पेंशन और मां के लिए अन्नपूर्णा योजना का लाभ भी शुरू कर दिया गया है। उन्होंने कहा कि इंद्रजीत को वापस नहीं लाया जा सकता, लेकिन उसके परिवार को हरसंभव सहायता दी जाएगी और दोषियों को कानून के तहत कड़ी सजा मिलेगी।

मुख्यमन्त्रीले रेल अवरोध औ तोड़फोड़का घटनाहरूलाई लिएर असन्तुष्टि व्यक्त गर्दै भने, रेलवेको सम्पत्तिलाई नोक्सान पुऱ्याउने देश विरोधी मानसिकताका मानिसहरू हुन् जसले सजाय पाउनैपर्छ। तथापि उनले पुलिसलाई यो पनि निर्देश दिए, कुनै पनि निर्दोष व्यक्तिलाई अनावश्यक रूपमा नसताइयोस्। डर हत्यारा, दुष्कर्मी तथा तोड़फोर गर्ने मानिसहरूलाी मात्र लाग्नुपर्छ, आम मानिसहरूलाई होइन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande