
मिरजापुर, 11 जुलाई (हि.स.)। कछवाँ थाना क्षेत्रमा राष्ट्रिय राजमार्गस्थित कटका गोदाम (पड़ाव)- को छेउमा सड़क किनारमा खड़ा ट्रकहरूको लामो पङ्क्ति एकपटक फेरि ज्यानमारा साबित भयो। गए शुक्रवार अबेर साँझ वाराणसीबाट उपचार गरेर फर्किरहेको एउटा परिवारको स्विफ्ट कार पछाड़िबाट खड़ा ट्रकहरूसित भिड़न्त भयो। यस घटनामा 27 वर्षीय प्रगति खण्डेलवाल र उनका 63 वर्षीय ससुरा प्रभात अग्रवालको मृत्यु भयो भने कार चलाइरहेका शिवम अग्रवाललाई सामान्य चोट लागेको छ।
जानकारी अनुसार प्रतापगढ़को चिलबिला निवासी शिवम अग्रवाल आफ्नी पत्नी प्रगति खण्डेलवाल तथा क्यान्सर पीड़ित पिता प्रभात अग्रवालको वाराणसीमा उपचार गराएर घर फर्किरहेका थिए। कटका गोदामको छेउमा सड़क किनारमा खड़ा ट्रकहरूको लस्करसित उनीहरूको कार पछाड़िबाट ठोक्कियो। यस भीषण ठक्करमा कारको अघिल्लो भाग पूर्ण रूपमा क्षतिग्रस्त भयो भने प्रगति खण्डेलवालको घटनास्थलमै मृत्यु भयो।
सूचना पाउनसाथ औराई प्रभारी थाना राजेश कुमार तथा कछवाँ थानाध्यक्ष अमरजीत चौहान पुलिस बल सहित घटनास्थलमा पुगे। स्थानीय मानिसहरूको सहयोगमा कारमा फसेका मानिसहरूलाई बाहिर निकालियो। गम्भीर रूपमा घाइते प्रभात अग्रवाललाी एम्बुलेन्स मार्फत सामुदायिक स्वास्थ्य केन्द्र औराईमा लगिँदैथ्यो, तर बीच बाटोमै उनको मृत्यु भयो। पुलिसले क्षतिग्रस्त कारलाई हटाएर यातायात बहाल गराएको छ।
प्रत्यक्षदर्शीहरू अनुसार दुर्घटनापछि सड़क किनारमा खड़ा ट्रकहरूलाई लिएर चालकहरू भागे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा