
गुवाहाटी, 11 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले तिवा समुदायको पारम्परिक वानचुवा उत्सवको अवसरमा राज्यवासीहरू विशेष गरी तिवा समाजका मानिसहरूलाई हार्दिक शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले भने, वानचुवा उत्सव असमका विविध लोक-संस्कृतिको एक अनौठो प्रतीक हो। यो पर्व कृषि जीवन, सामाजिक एकता, सामुदायिक सौहार्द औ प्रकृतिप्रति कृतज्ञताको उत्सव हो। उनले भने, पिठागुड़ी खोंदाको परम्परा, सामूहिक सहभागिता तथा आध्यात्मिक आस्थासित सम्बन्धित यो पर्वले तिवा समाजको विशिष्ट सांस्कृतिक पहिचानलाई उजागार गर्छ।
उनले भने, राज्य सरकार असम सबै जनजातीय एवं स्वदेशी समुदायहरूको भाषा, संस्कृति औ परम्पराहरूलाई संरक्षण तथा सम्वर्द्धन गर्नको लागि प्रतिबद्ध छ।
मुख्यमन्त्रीले बताए, स्वदेशी अनि जनजातिय आस्था एवं संस्कृति विभागको माध्यमबाट सरकारले राज्यको समृद्ध सांस्कृतिक धरोहरूलाई संरक्षण गर्नको लागि लगातार कार्य गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा