घाटालमा पत्नीमाथि ज्यानमारा हमला गर्ने पति पक्राउ
घाटालमा पत्नीमाथि ज्यानमारा हमला गर्ने पति पक्राउ


मेदिनीपुर, 11 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको घाटाल केन्द्रिय बस स्ट्याण्ड क्षेत्रमा एकजना महिलामाथि धारिलो हतियारले प्रहार गरेको घटना सार्वजनिक भएको छ। आरोप छ, पतिले आफ्नै पत्नीको गला काटेर हत्या गर्ने प्रयास गऱ्यो। गम्भीर रूपमा घाइते महिलालाई घाटाल महकुमा सुपर स्पेशियलिटी अस्पतालमा भर्ती गराइएको छ। पुलिसले आरोपी पतिलाई पक्राउ गरेको छ।

पुलिस सूत्र अनुसार घाइते महिलाको पहिचान पियु मण्डलको रूपमा भएको छ। उनको विवाह केही वर्षपूर्व रिन्टु मण्डलसित भएको थियो। विवाह भएदेखि नै दुईबीच कलह भइरहेको थियो। त्यसैले यी दुई लामो समयदेखिकै भिन्न-भिन्नै बस्दै आएका थिए। पियु मण्डल घाटालको कृष्णनगरस्थित आफ्नो माइतमा बस्दै आएकी थिइन् भने रिन्टु मण्डलको घर घाटालको कुशपाता क्षेत्रमा अवस्थित छ।

बताइएको छ, गए शुक्रवार साँझ पियु मण्डल आफ्नी बहिनीसित बजार गएकी थिइन्। सोही समय रिन्टु मण्डलले पछाड़िबाट आएर धारिलो चक्कुले पियुमाथि प्रहार गऱ्यो। यस हमलामा पियुको गलामा गम्भीर चोट लाग्यो। रगतपच्छे भएर तिनी सड़कमा मुर्छित परिन्।

घटनापछि स्थानीय मानिसहरूले तत्काल तिनलाई घाटाल महकुमा सुपर स्पेशियलिटी अस्पतालमा पुऱ्याए जहाँ तिनको उपचार भइरहेको छ।

सूचना पाउनसाथ घाटाल थाना पुलिसले घटनास्थलमा पुगेर रिन्टुलाई पक्राउ गऱ्यो। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। प्रारम्भिक जाँचमा पारिवारिक विवादलाई घटनाको कारण मानिँदैछ। पुलिसले सम्पूर्ण मामिलाका विभिन्न पाटोहरूको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande