गीतकार बालकृष्ण थामीद्वारा गीत संग्रहका प्रकाशिका आशा प्रधानलाई सम्मान
गीतकार बालकृष्ण थामीद्वारा गीत संग्रहका प्रकाशिका आशा प्रधानलाई सम्मान


खरसाङ, 11 जुलाई (हि.स.)। खरसाङका कवि एवं गीतकार बालकृष्ण थामीद्वारा लिखित गीत संग्रह 'कसको माया कसको मोह' प्रकाशित गरिदिने प्रकाशिका आशा प्रधानलाई गीतकार बालकृष्ण थामी र उनको परिवारको तर्फबाट सम्मान जनाइएको छ। गीतकार बालकृष्ण थामीद्वारा लिखित गीत संग्रह 'कसको माया कसको मोह' 2021 मा प्रकाशित भएको थियो।

त्यस समय उनी लण्डनमा थिइन्। अहिले उनी खरसाङ आएको समय सम्मान जनाइएको हो। उनलाई गीतकारकी पत्नी पूर्णिमा थामीको बाहुलीबाट खदार्पण र गीतकार बालकृष्ण थामीको बाहुलीबाट सम्मान पत्र प्रदान गरियो।

सम्मान कार्यक्रममा खरसाङका गायक र संगीतकारहरु महेश्वर लामा, सहदेव चामलिङ, राजु सुन्दास र सुरेन ठकुरीले पनि सम्बोधन गरेका थिए। आशा प्रधानले आफ्नो सम्बोधनमा गीतकार एवं कवि बालकृष्ण थामी उनको एक आईडल रहेको बताउँदै उनको गीत संग्रह प्रकाशित गर्न पाउॅंदा गर्व लागेको बताइन्।

उल्लेखनीय छ, बालकृष्ण थामीद्वारा लिखित गीत 'कसको माया कसको मोह' निक्कै चर्चित गीत हो, जसलाई गायक महेश सेवाले स्वर दिएका छन्। यसको संगीत राजु सुन्दास र संगीत संयोजन रुपेस रसाइलीले गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande