
गुवाहाटी, 11 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार जालुकबाड़ी स्थित स्वरसम्राट डा. भूपेन हजारिकाको समाधि स्थलको निरीक्षण गरी यसको व्यापक रूपमा आधुनिकीकरण गर्ने घोषणा गरे।
मुख्यमन्त्रीले भने, समयको आवश्यकता अनुरूप डा. भूपेन हजारिकाको स्मृति स्थललाई विकसित गरिनेछ। समाधि स्थललाई यस प्रकारले तयार पारिनेछ जसबाट बाहिरबाट हेर्नसाथ यो स्वरसम्राट डा.भूपेन हजारिकाको समाधि हो भन्ने कुरा स्पष्ट हुनेछ।
उनले बताए, समन्वय तिर्थमा डिजीटल सुविधालाई जोड़िनेछ, एउटा ओपन एयर थिएटर निर्माण गरिनेछ तथा समन्वय तिर्थको सञ्चालन अनि रखरखाउको लागि एउटा सरकारी समिति गठन गरिनेछ।
आज मुख्यमन्त्रीले गुवाहाटीको पल्टन बजारमा निर्माणाधिन पुलिस चौकीको पनि निरीक्षण गरी कार्य प्रगतिको जायजा लिनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा