खरसाङ ईभान फाउण्डेशन र ससाकद्वारा वृक्ष रोपण
वृक्ष रोपण कार्यक्रम सम्पन्न


खरसाङ, 11 जुलाई (हि.स.)। खरसाङ ईभान फाउण्डेशनले विगतका वर्षहरू झैं यस वर्ष पनि वृक्ष रोपणको कार्यक्रम गरेको छ। फाउण्डेशनले हुडकट सन्त अल्फन्सेस सोसियल एण्ड कल्चरल सेन्टरमा वृक्षरोपण गरेको छ।

कार्यक्रममा सासकका निर्देशक जोन केनेडी, सिङमारीका पल्ली पुरोहित फादर प्याट्रीक प्रधान अनि ग्लोरियसका विद्यार्थीहरू उपस्थित थिए। फाउन्डेसनका अध्यक्ष प्रशान्त शर्माले वृक्षका विशेषताहरू विषयमा बताएका थिए।कार्यक्रममा फादर जोनले पर्यावरण संरक्षण विषय जानकारी गराए।

स्मरण रहोस्, ईभान फाउण्डेसनले अन्य सामाजिक कार्यसंगै हरेक वर्ष वृक्ष रोपण गर्दै आएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande