बंगाल विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसलाई खरसाङमा स्वागत, पहाड विकासको विश्वास दिलाए
बंगाल विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसलाई खरसाङमा स्वागत


खरसाङ, 11 जुलाई (हि.स.)। पश्चिम बंगाल विधानसभाका अध्यक्ष रथिन्द्रनाथ बोस दार्जिलिङ पहाड भ्रमण गरेर फर्किने क्रममा खरसाङमा विधायक सोनाम लामा लगायत भारतीय जनता पार्टीका पदाधिकारीहरु र कार्यकर्ताहरुसॅंग भेट गरे। गत केही दिन अघि दार्जिलिङ पहाडको भ्रमणमा आएका विधानसभा अध्यक्ष आज खरसाङ भएर फर्किने क्रममा खरसाङको टुरिस्ट लजमा आएका थिए।

विधानसभा अध्यक्ष रथिन्द्रनाथ बोसलाई खरसाङका विधायक सोनाम लामा साथै भारतीय जनता पार्टीका पदाधिकारीहरुले स्वागत जनाए। विधानसभा अध्यक्षले दार्जिलिङ पहाडका विभिन्न शैक्षिक संस्थानहरुको भ्रमण गरेको बताइएको छ।

खरसाङ पत्रकारहरुसित कुराकानी गर्दै बोसले आफु उत्तर बंगालको भ्रमणमा आएको र यहाँको जनताका समस्याहरुलाई बुझ्न र समाधान गर्न उपायहरुको लागि आएको बताए। उनले दार्जिलिङ उत्तर बंगालको मुकुट हो भन्दै मुकुटलाई सफा र सुरक्षित राख्नुपर्छ भनी बताए। उनले पहाडको विकास सरकारको मनमा रहेको र विकास गर्नेछौं भनी विश्वास दिलाए।

विधायक सोनाम लामाले विधानसभा अध्यक्षले आफ्नो पहाड भ्रमणको क्रममा विभिन्न शैक्षिक संस्थानहरुको पनि भ्रमण गरिरहेकाले आफुले हिल युनिभर्सिटीको सञ्चालन, निर्माण कार्य पूरा भएको प्रेसिडेन्सी कलेज विषयमा जानकारी गराएको बताए। उनले पहाडमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande