
दक्षिण सालमारा (असम), 11 जुलाई (हि.स.)। दक्षिण सालमारा-मानकचार जिल्लाको दक्षिण सालमारा पुलिसले नशालु पदार्थ विरोधी अभियान अन्तर्गत कारबाही गर्दै एक यात्री वाहक नौकाबाट प्रचुर मात्रामा संदिग्ध नशालु गोली तथा कफ सिरप जफत गरेको छ। यस मामिलामा पुलिसले एक जना आरोपीलाई पक्राउ गरी मामिला दर्ता गरेको छ।
पुलिसले शनिवार बतायो, गुप्त सूचनाको आधारमा सञ्चालित अभियानमा एक यात्री वाहक नौकामा खानतलासी गरियो जसमा भारी मात्रामा संदिग्ध प्रतिबन्धित नशालु गोली र कफ सिरप भेटियो। घटनास्थलबाट राजीव मियाँ नामक आरोपीलाई पक्राउ गरियो।
पुलिसले जफत गरिएका सबै संदिग्ध मादक पदार्थहरूलाई आफ्नो कब्जामा लिएर कानून सम्मत धाराहरू अन्तर्गत मामिला दर्ता गरेको छ। पक्रा पर्ने आरोपीसित जाँचबुझ गरिँदैछ ताकि जफत गरिएको खेपको श्रोत, यसको प्रस्तावित गन्तव्य तता तस्करीमा सामेल अन्य मानिसहरूको बारेमा जानकारी जुटाउन सकियोस्।
पुलिस अधिकारीहरू अनुसार मामिलाको गहन जाँच भइरहेको छ।
उल्लेखनीय छ, असम पुलिसले राज्यभरि नै मादक पदार्थहरूको तस्करी अनि अवैध कारबारमाथि लगाम लगाउनको लागि लगातार विशेष अभियान चलाइरहेको छ। यसै अभियान अन्तर्गत दक्षिण सालमारामा गरिएको यो कारबाही नशा तस्करीविरूद्ध पुलिसको अभियानको एक भाग हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा