
गुवाहाटी, 12 जुलाई (हि.स.)। असममा राज्यव्यापी अभियान अन्तर्गत जफत गरिएको 472.51 करोड़ रुपियाँको मादक पदार्थलाई नष्ट गरिनेछ। यो अभियान राज्य सरकारको नशा तस्करीविरूद्ध सञ्चालित व्यापक अभियानको एक भाग हो।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले यस अवसरमा नलबाड़ीस्थित 14औं असम पुलिस बटालियन परिसरमा आयोजित मादक पदार्थ विनष्टीकरण कार्यक्रममा भाग लिनेछन्। यस कार्यक्रमको माध्यमबाट राज्य सरकारले नशा मुक्त असमको आफ्नो सङ्कल्पलाई थप मजबुत बनाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा