असममा पीएनजीमाथि भ्याट घटाएर पाँच प्रतिश बनाइयो
असममा पीएनजीमाथि भ्याट घटाएर पाँच प्रतिश बनाइयो


गुवाहाटी, 12 जुलाई (हि.स.)। असम सरकारले स्वच्छ इन्धनको उपयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले पाइप्ड नेचुरल ग्यास (पीएनजी)-माथि मूल्य वर्धित कर (भ्याट)-लाई घटाएर पाँच प्रतिशत बनाएको छ।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार सोशल मीडियामा यस आशयको जानकारी गराउँदै भने, यस निर्णयबाट पीएनजी उपभोक्ताहरूको लागि अधिक सस्तो हुनेछ, ग्यास आपूर्ति गर्ने कम्पनीहरूको आर्थिक व्यवहार्यतामा सुधार आउने, औद्योगिक विकासले गति पाउनेछ अनि ऊर्जा आत्मनिर्भरताको दिशामा असमको यात्रा अझ् मजबुत हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande