केन्द्र सरकारले दिल्लीका 28 आधारभूत ढाँचा परियोजनाको लागि 1,647 करोड़ स्वीकृत गऱ्यो
केन्द्र सरकारले दिल्लीका 28 आधारभूत ढाँचा परियोजनाको लागि 1,647 करोड़ स्वीकृत गऱ्यो


नयाँ दिल्ली, 12 जुलाई (हि.स.)। केन्द्र सरकारले पूँजीगत निवेशको लागि राज्यहरूलाई विशेष सहायता (एसएएससीआई) योजना अन्तर्गत दिल्ली सरकारका 28 वटा महत्वपूर्ण पूँजीगत परियोजनाहरूलाई स्वीकृति दिएको छ। यी परियोजनाहरूको मोठ लागत 1,647 करोड़ रुपियाँ रहेको छ। यसको साथै दिल्ली सरकारले आफ्ना संसाधनहरूबाट पूँजीगत निवेश (कैपेक्स)-लाई बढ़ाउनको निम्ति गरेका प्रयासहरूलाई मध्यनजर गर्दै केन्द्र सरकारले 756 करोड़ रुपियाँको अतिरिक्त प्रोत्साहन (इन्सेन्टिभ)-लाई पनि स्वीकृति दिएको छ।

मुख्यमन्त्री रेखा गुप्ताको पक्षबाट आइतवार जारी गरिएको जानकारी अनुसार एसएएससीआई योजना अन्तर्गत स्वीकृति प्राप्त परियोजनाहरूमा दिल्ली मेट्रोसित सम्बन्धित परियोजना, एलिभेटेड बारापुला कोरिडोर, करावल नगर फ्लाइओभर, डीटीसी डिपोमा इलेक्ट्रिक वाहन (ईवी)-को लागि चार्जिङ्ग स्टेशन औ सड़कहरूसित सम्बन्धित अन्य महत्वपूर्ण आधारभूत संरचना सामेल छन्। परियोजनाहरू पूरा भयो भने परिवहन तथा सड़क पूर्वाधार मजबुत हुनेछ तथा सार्वजनिक सुविधाहरामा उल्लेखनीय सुधार हुनेछ।

मुख्यमन्त्रीले भनिन्, एसएएससीआई केन्द्र सरकारको महत्वपूर्ण योजना हो जसान्तर्गत राज्यहरू अनि केन्द्रशासित प्रदेशहरूलाई आधारभूत संरचना परियोजनाको लागि ब्याज-मुक्त वित्तीय सहायता उपलब्ध गराइन्छ।यो योजना वित्तीय सहायता उपलब्ध गराउनेसम्म मात्र सीमित छैन जबकि राज्यहरूमा रणनीतिक सुधारहरूलाई प्रेरित गर्नको साथै पूँजीगत निवेशलाई बढ़ाउनको लागि वित्तीय प्रोत्साहन पनि प्रदान गर्नेछ। त्यसैले यो योजन राज्यहरूको आधारभूत ढाँचाको विकासलाई गति दिने एक प्रभावकारी माध्यम भएर उदाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande