
श्रीनगर, 12 जुलाई(हि.स.)। सीआईएसएफका डाइरेक्टर जनरल प्रवीर रञ्जनले सुधीर कुमार एडीजी (नर्थ) औ एमके यादव डीआएजी एन जेड -II को साथमा पहलगामको नुनवान बेस क्याम्पको दौड़ाह गरे।
यस अवधि श्री अमरनाथ जी यात्रा-2026 को लागि सुरक्षा प्रबन्धहरूको जायजा लिनका साथै तिर्थ यात्रीहरूको सुरक्षा सुनिश्चित गर्नको लागि तैनाथी योजना, एक्सेस कन्ट्रोलका उपाय, निगरानी सिस्टम, कम्युनिकेशन नेटवर्क, मेडिकल सपोर्ट, लजिस्टिक्स औ अलग-अलग एजेन्सीहरूबीच तालमेलको गहन मूल्याङ्कन गरियो।
डीजीले अहम अपरेशनल स्थानहरूको निरीक्षण गरे जसमा चेक पोस्ट कम्युनिकेशन सेन्टर, क्यूआरटी , क्यूआएटी, सीसीटीवी कन्ट्रोल रूम औ सुरक्षासित सम्बन्धित अन्य स्थानहरू सामेल छन्। उनले तैनाथ जवानहरू, स्वास्थ्य कर्मीहरू तथा महिला कर्मीहरूसित बातचित गर्दै उनीहरूको समर्पण अनि कामप्रति निष्ठाको प्रशंसा गरे। उनले यात्रा अवधि अपरेशनल तयारीहरूलाई उच्च स्तरमा कायम राख्ने, एसओपीलाई कड़ाईपूर्वक पालन गर्ने, लगातार सतर्क रहने तथा सबै सुरक्षा एजेन्सीहरूबीच तालमेल कायम राख्नेमाथि बल दिए।
डीजीले सीआईएसएफ, सीआरपीएफ, आईटीबीपी, जम्मू-कश्मीर पुलिस औ सिभिल एडमिनिस्ट्रेशनका सीनियर अधिकारीहरूसित सुरक्षा व्यवस्था तथा तयारीहरूको समीक्षा गर्नको लागि एक हाई लेभल मीटिङ्गकोक अध्यक्षता पनि गरे। सबै कर्मीहरूको समर्पणको प्रशंसा गर्दै डीजीले भरोसा व्यक्त गरे, सुरक्षा बलहरूले श्री अमरनाथ जी यात्रा-2026 लाई सुचारू, सुरक्षित औ कुनै घटनाविहीन सम्पन्न गराउनमा आफ्नो योगदान दिरहनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा