
भागलपुर, 12 जुलाई (हि.स.)। भागलपुर पुलिसले मधुसूदनपुर थाना क्षेत्रमा भएको चर्चित डकैतीकाण्डको सफल उद्भेदन गरेर ठूलो सफलता हासिल गरेको छ।
पुलिसले यस मामिलामा सात जना अपराधीहरूलाई पक्राउ गरेको छ। घटनापछि भागेर पश्चिम बङ्गालको तारापीठमा लुकेर बसेका अपराधीहरूलाई पुलिसले समात्यो। यस आशयको जानकारी आइतवार एसएसपी प्रमोद कुमारले एक प्रेस वार्ता मार्फत दिएका हुन्।
एसएसपीले बताए, बितेको 9 जुलाईको दिन मधुसूदनपुर थाना क्षेत्रको गणेशीबाग निवासी नीलू देवी पति रवि शङ्कर रजकको घरमा हतियारको बलमा मुखौटोधारी अपराधीहरूले गहना, नगद, मोबाइल सहित अन्य सामानहरू लुटेर भागेका थिए।
पीड़ितको बयानको आधारमा मधुसूदनपुर थानामा मामिला दर्ता गरी एसएसपीको निर्देशमा नगर पुलिस अधीक्षक-2 को नेतृत्वमा विशेष टीम गठन गरियो।
वैज्ञानिक एवं तकनिकी अनुसन्धान, सीसीटीभी फुटेज औ गुप्त सूचनाको आधारमा पुलिसले कारबाही गर्दै सूरज साह, सन्तोष कुमार साह, मिथुन कुमार मण्डल, बृजेन्द्र कुमार, सज्जन कुमार, अर्जुन कुमार औ अमित कुमारलाई पक्राउ गऱ्यो।
पुलिसले यिनीहरूको कब्जाबाट 52 ग्राम सुन, एउटा देशी बन्दुक, एउटा जिउँदो कारतूस, 53 हजार रुपियाँ नगद तथा 6 वटा मोबाइल फोन जफत गरेको छ। घटनालाई परिणाम दिएपछि आरोपीहरू पश्चिम बङ्गालमा लुकेर बसेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा