नक्सल मामिलामा जेलहरूमा थुनिएका ग्रामीणहरूको रिहाईको लागि प्रतिनिधिमण्डल रायपुर तर्फ प्रस्थान
नक्सल मामिलामा जेलहरूमा थुनिएका ग्रामीणहरूको रिहाईको लागि प्रतिनिधिमण्डल रायपुर तर्फ प्रस्थान


बिजापुर, 12 जुलाई (हि.स.)। नक्सली भएको आरोपमा जेलहरूमा थुनिएका निर्दोष ग्रामीणहरूको रिहाईलाई लिएर उनीहरूको परिवारजनको एक प्रतिनिधिमण्डल आइतवार बिजापुरका विधायक विक्रम मण्डावीको नेतृत्वमा रायपुर तर्फ प्रस्थान भएको छ। यस प्रतिनिधिमण्डलमा सामेल परिवारजनले प्रदेशका मुख्यमन्त्री विष्णुदेव साय, गृहमन्त्री विजय शर्मा औ विधानसभामा नेता प्रतिपक्ष चरणदास महन्तसित भेट गरी आफ्नो माग राख्नेछन्।

परिवारजनको मुख्य माग छ, “हार्डकोर नक्सलीहरूको मामिलालाई जसरी फिर्ता लिइयो, उसरी नै निर्दोष अनि गरीब आदिवासीहरूलाई पनि तत्कालै जेलबाट रिहा गरियोस्।” यसपूर्व गत 9 जुलाई, 2026-का दिन जिल्ला मुख्यालय बिजापुरमा जेलहरूमा थुनिएका आदिवासीहरूका परिवारजनले विदायक विक्रम मण्डावीसित विस्तृत बैठक गरेका थिए। बैठक पश्चात मुख्यमन्त्री विष्णुदेव सायको नाममा कलेक्टर बिजापुरलाई ज्ञापन सुम्पिइएको थियो।

परिजनहरूले आरोप लगाए, केही निर्दोष आदिवासी ग्रामीणहरूलाई ठोस प्रमाण बिनै नक्सली भएको आरोप लगाएर वर्षौंसम्म जेलमा थुनिएको छ। उनीहरूले लामो समयदेखिकै न्यायको प्रतीक्षा गरिरहेका छन्। अर्कोतिर विधायक विक्रम मण्डावीले भने, अब प्रदेश नक्सल मुक्त भइसकेको छ, त्यसैले निर्दोष आदिवासीहरूलाई जेलबाट रिहा गर्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande