कोलकाता एयरपोर्टको दोस्रो रनवे विस्तारको दिशामा महत्वपूर्ण कदम
कोलकाता एयरपोर्टको दोस्रो रनवे विस्तारको दिशामा महत्वपूर्ण कदम


कोलकाता, 12 जुलाई (हि.स.)। कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय हवाईअड्डाको दोस्रो रनवेलाई विस्तार गर्ने दिशामा पछिल्लो लामो समयदेखिकै थाँतीमा रहेको परियोजना अब अगाड़ि बढ़्ने सङ्केत देखिँदैछ। एयरपोर्टको हाई सिक्योरिटी अपरेशनल क्षेत्रमा अवस्थित लगभग 136 वर्ष पुरानो गौरीपुर जामा मस्जिद (बाङ्करा मस्जिद)-लाई स्थानान्तरण गर्ने प्रक्रियालाई शुरू गरिएको छ।

एयरपोर्ट प्रशासन अनुसार यो कदम विमान सुरक्षा, उड़ान सञ्चालन औ भविष्यमा रनवेको विस्तारलाई ध्यानमा राखेर उठाइँदैछ।

गौरीपुर जामा मस्जिद जसलाई बाङ्करा मस्जिदको नामले चिनिन्छ, लगभग 136 वर्ष पुरानो हो। यो मस्जिद निर्माण हुँदा यो क्षेत्र खुल्ला थियो। पछि एयरपोर्ट विस्तार हुँदै गएपछि यो मस्जिद एयरपोर्टको हाई सिक्योरिटी अपरेशनल क्षेत्रभित्र पऱ्यो। पछिल्लो 30 वर्षदेखिको यसलाई स्थानान्तरण गर्ने विषयलाई लिएर समय-समयमा चर्चा हुँदै आएको छ, तर अब पहिलो पटक यस दिशामा तीव्र गतिमा प्रशासनिक प्रक्रिया अगाड़ि बढ़िरहेको देखिँदैछ।

विमानन विशेषज्ञहरू अनुसार मस्जिदको वर्तमान स्थितिले गर्दा पायलटहरूलाई ल्याण्डिङ्ग गर्दा भिजुअल इल्यूजन जस्ता तकनिकी समस्याहरू देखा परिरहेका थिए। त्यसैले कोलकाता एयरपोर्टको दोस्रो रनवेलाई विस्तार गर्ने योजना लगभग तीन दशकदेखिको थाँतीमा थियो।

स्थानान्तरण प्रक्रिया शुरू भएपछि आइतवारदेखि नै एयरपोर्ट परिसरमा सुरक्षा व्यवस्थालाई कड़ा बनाइएको छ। बिहान नमाजका लागि आएका मानिसहरूलाई मस्जिद परिसरमा प्रवेश गर्ने अनुमति दिइएन। पछि पनि त्यहाँ आएका मानिसहरूलाई भित्र प्रवेश गर्न दिइएन। स्थितिलाई मध्यनजर गर्दै पुलिस बल अनि अतिरिक्त सुरक्षा कर्मीहरूलाई तैनाथ गरियो। मस्जिदमा प्रवेश गर्नको लागि जारी गरिने विशेष एन्ट्री पासलाई पनि हाल बन्द गरिएको छ।

गए शनिवार अबेर सांझ उत्तर 24 परगना जिल्ला अधिकारी कार्यालयमा जिल्ला प्रशासन, एयरपोर्ट अथोरिटी अफ इण्डिया (एएआई), स्थानीय विधायक औ मस्जिद कमिटीका प्रतिनिधिबीच महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा मस्जिद स्थानान्तरणको आवश्यकता औ सम्भावित विकल्पहरूमाथि विस्तार पूर्वक चर्चा गरियो। त्यसपछि एयरपोर्ट अथोरिटीका अधिकारीहरू र निरीक्षण दलले मस्जिद परिसरको दौड़ाह गरे। एयरपोर्ट सुरक्षा समितिले पनि यस विषयमा भिन्नै आपतकालीन बैठक गऱ्यो।

एयरपोर्ट अधिकारीहरू अनुसार मस्जिद दोस्रो रनवेदेखि लगभग 165 मीटर टाड़ामा अवस्थित छ भने सुरक्षा मानदण्ड अनुसार रनवेदेखि कुनै पनि स्थायी संरचनाको न्यूनतम दूरत्व 240 मीटरमा हुनुपर्छ। मस्जिदले गर्दा रनवेको टचडाउन पोइन्टलाई 88 मीटर दक्षिण तर्फ स्थानान्तरण गर्नुपर्थ्यो। यसले गर्दा ठूल्ठूला विमानहरूको सञ्चालन तथा कम दृश्यता भएको मौसममा उड़ानहरूको सञ्चाल पनि बाधित हुँदै आएको थियो।

कोलकाता एयरपोर्टका निदेशक विक्रम सिंहले भने, एयरपोर्ट परिसरभित्र मस्जिदको उपस्थिति लाो समयदेकिकै सुरक्षा तता उड़ान स़ञ्चालनको दृष्टिले चिन्ताको विषय रहिआएको छ। हालैको बैठकमा सबै पक्षसित सकारात्मक चर्चा भएको छ। एयरपोर्ट प्रशासनलाई आशा छ कि सहमतिको आधारमा यस मुद्दाको हल निक्लिनेछ। उनले भने, मस्जिदलाई स्थानान्तरण गरिएपछि दोस्रो रनवेको विस्तार अनि एयरपोर्टका भविष्यको विकास कार्यहरूले गति पाउनेछन्।

स्थानीय विधायक सौरभ सिकदर पनि शनिवार घटनास्थलमा पुगे। मस्जिद कमिटी र स्थानीय मानिसहरूसित उनले बातचित गरे। उनले भने, नमाजको लागि आउने अधिकांश मानिसहरूले यस पहलप्रति सकारात्मक मन्तव्य व्यक्त गरेका छन्। विधायकले सबै पक्षसित शान्ति कायम राख्ने, अफवाहहरूदेखि बच्ने तथा कुनै पनि प्रकारको उक्साहटपूर्ण गतिविधिमा सामेल नहुने अपील गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande