
अनन्तनाग, 12 जुलाई (हि.स.)। आइतवार दक्षिण कश्मीरको अनन्तनाग जिल्लामा श्री अमरनाथ यात्रा मार्ग चन्दनवाड़ीको छेउमा माथिबाट झरेको ढुङ्गाको चपेटमा परी एकजना 24 वर्षीय श्रमिकको मृत्यु भयो।
एकजना अधिकारीले बताए, चन्दनवाड़ीको छेउमा ढुङ्गा झरेर श्रमिक गम्भीर रूपमा घाइते भएको थियो जसलाई तुरून्तै बेस हस्पिटलमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।
मृतकको पहिचान शब्बीर अहमद शाह (24)- को रूपमा भएको छ जो अनन्तनागको मट्टन क्षेत्रस्थित चिरवर्ड निवासी मोहम्मद यासिन शाहका छोरा थिए। तिनले अमरनाथ यात्राका तिर्थ यात्रीहरूलाई मद्दत गर्नका लागि श्रमिकको रूपमा काम गरिरहेका थिए।
अधिकारीले बताए, पछि शवलाई कानूनी तथा चिकित्सकीय औपचारिकताको लागि पहलगाम हस्पिटलमा लगियो। यसबीच पुलिसले घटनाको संज्ञान लिएको छ भने अग्रिम कारबाहीमा पुलिस जुटिसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा