
नवादा, 12 जुलाई (हि.स.)। जिल्लाको कौआकोल बजारस्थित कोअपरेटिभ ब्याङ्कको छेउमा अवस्थित भोला सावको घरमा आइतवार बिहान ग्यास सिलेण्डर पड़्केर आगो लाग्यो। हेर्दा-हेर्दै आगोले सम्पूर्ण भान्ससा कोठालाई आफ्नो चपेटमा लियो जसबाट त्यहाँ रहेका फ्रीज सहित अन्य घरेलु सामानहरू जलेर खरानी भयो।
घरमा राखिएको लाखौं रुपियाँको सम्पत्ति जलेर नष्ट भयो। आगो निभाउँदा भोला सावका छोरा जितेन्द्र कुमार जलेर आंशिक रूपमा घाइते भए। घटनापछि वरपरका मानिसहरूमा कोकोहोलो मचियो। स्थानीय ग्रामीणहरूले तत्काल आगो निभाउने प्रयास गरे। सूचना पाएर अग्निशमन विभागको टीम घटनास्थलमा पुग्यो जसले ग्रामीणहरूको सहयोगमा कठोर परिश्रम गरेर आगोलाई नियन्त्रण गऱ्यो।
समाजसेवी एवं स्थानीय ग्रामीण आयुष कुमारले बताए, ग्रामीण तथा अग्निशमन विभागको तत्परतामा समयमै आगोलाई नियन्त्रण गरियो। आगोलाई समयमै नियन्त्रण नगरिएको भए वरपरका घरहरू पनि आगोको चपेटमा पर्नसक्थ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा