बुलढ़ाणामा पूर्णा नदीमा डुबेर दुई बालकको मृत्यु
बुलढ़ाणामा पूर्णा नदीमा डुबेर दुई बालकको मृत्यु


मुम्बई, 12 जुलाई (हि.स.)। महाराष्ट्रको बुलढ़ाणा जिल्लामा आइतवार पूर्णा नदीमा डुबेर दुई जना बालकहरूको मृत्यु भयो। घटनाको सूचना पाउनसाथ नन्दुरा पुलिस घटनास्थलमा पुग्यो अनि शवहरूलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि सरकारी अस्पतालमा पठाइदियो। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

जाँच अधिकारीहरू अनुसार नान्दुरा शहरको वार्ड नम्बर-1 निवासी दुई जना बालकहरू आइतवार बिहान पूर्णा नदीमा पौड़ी खेल्न गएका थिए। उनीहरूलाई नदीको गहिराईको सही अनुमान थिएन। यस अवधि खुट्टा चिप्लिेर दुवै गहिरो पानीमा डुबे। बालकहरूले मद्दतको लागि चिच्याए, तर नदीको तीव्र प्रवाह तथा अधिक गहिराईको कारणले उनीहरूलाई बचाउन सकिएन।

घटनाको जानकारी पाउनसाथ 'ओम साईं फाउण्डेशन' -को जलमित्र टीमले घटनास्थलमा पुगेर तत्काल सर्च अभियान शुरू गऱ्यो। लामो प्रयास पश्चात दुवै बालकलाई नदीबाट बाहिर निकालेर नान्दुरा सरकारी अस्पतामा पुऱ्याइयो जहाँ चिकित्सकहरूले दुवैलाई मृत घोषित गरिदिए।

मृतकहरूको पहिचान 14 वर्षीय कृष्णा बालू भोपाले र 12 वर्षीय प्रतीक शिवलाल वानखेड़ेको रूपमा भएको छ। पुलिसले आकस्मिक मृत्युको मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande