श्रम एवं परिवहन मन्त्री अर्जुन सिंह उत्तर बङ्गाल भ्रमणमा, बन्द चिया बगानहरूमा हुनेछ महत्वपूर्ण बैठक
श्रम एवं परिवहन मन्त्री अर्जुन सिंह उत्तर बङ्गाल भ्रमणमा, बन्द चिया बगानहरूमा हुनेछ महत्वपूर्ण बैठक


सिलगढ़ी, 12 जुलाई (हि.स.)। पश्चिम बङ्गालका श्रम एवं परिवहन मन्त्री अर्जुन सिंह मन्त्री बनेपछि पहिलो पटक आइतवार उत्तर बङ्गालमा आइपुगेका छन्। उनले उत्तरकन्यामा बन्द चिया बगानहरू तथा श्रमिकहरूसित सम्बन्धित महत्वपूर्ण मुद्दाहरूमा उच्चस्तरीय बैठक गर्नेछन्। यस बैठकमा सामेल हुनका लागि मन्त्री सिंह बागडोगरा हवाईअड्डा आइपुगेका छन् जहांँ उनको साथमा श्रम राज्य मन्त्री पनि उपस्थित थिए।

जानकारी अनुसार बैठकमा दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार औ कुचबिहार जिल्लाका सांसद एवं विधायकहरू उपस्थित हुनेछन्।

अर्जुन सिंहले भने, पछिल्लो सरकारका औद्योगिक नीतिहरूको कारणले राज्यको उद्योग गम्भीर सङ्कटमा परेको छ। पश्चिम बङ्गाल विकासको दौड़मा कैयौं दशक पछाड़िएको छ। उनले दाबी गरे, नयाँ औद्योगिक नीतिको उद्देश्य राज्यका युवाहरूलाई रोजगारको लागि बाहिर जानदेखि रोक्नु अनि स्थानीय स्तरमा अवसर बढ़ाउनु हो।

मन्त्रीले बन्द चिया बगानहरूको स्थिति तथा अन्य श्रमिक समस्याहरूको समाधानको लागि ठोस कदम उठाउने कुरा पनि गरे। यस अतिरिक्त उनले भने, राज्यमा समान नागरिक संहिता (यूसीसी) लागू गरिनेछ। पश्चिम बङ्गालमा सिण्डिकेट राज-लाई निर्मूल पार्ने कुरा पनि उनले अन्तमा बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande