छिमेकीमाथि धारिलो हतियारले प्रहार, एक जनाको मृत्यु
छिमेकीमाथि धारिलो हतियारले प्रहार, एक जनाको मृत्यु


मुर्शिदाबाद, 12 जुलाई (हि. स.)। जिल्लाको नवग्राम थाना क्षेत्रमा आइतवार बिहान छिमेकीले धारिलो हतियारले प्रहार गरेको कारणले एकजना व्यक्तिको मृत्यु भयो। घटनापछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो। मृतकको पहिचान नफल शेखको रूपमा भएको छ भने आरोपी हाबु शेख घटनापछि भागेको छ।

स्थानीय सूत्र अनुसार आइतवार बिहान कुनै कुरालाई लिएर हाबु शेखले अचानक धारिलो हतियारले नफल शेखमाथि प्रहार गऱ्यो। नफल शेखले केही बुझ्नअघि नै आरोपीले तिनीमाथि हमला गऱ्यो। हमलापछि गम्भीर रूपमा घाइते नफल शेख घटनास्थलमै रगताम्मे भएर मुर्छित परे। घटनालाई परिणाम दिएपछि आरोपी त्यहाँबाट भाग्यो।

घटनाको सूचना पाएर नवग्राम थाना पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले मामिला दर्ता गरी भगौड़ा आरोपी हाबु शेखलाई खोज्न शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande