स्टेटहुड बहालीको मागमा नेशनल कन्फ्रेन्सले जम्मूमा निकाल्यो ऱ्याली
स्टेटहुड बहालीको मागमा नेशनल कन्फ्रेन्सले जम्मूमा निकाल्यो ऱ्याली


जम्मू,, 12 जुलाई (हि.स.)। जम्मूमा नेशनल कन्फ्रेन्सले जम्मू-कश्मीरलाई राज्यको दर्जा बहाल गर्ने माग गर्दै एक विशाल ऱ्याली आयोजना गऱ्यो।ऱ्यालीमा जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्ला सहित पार्टीका वरिष्ठ नेता अनि कार्यकर्ताहरूले भाग लिए।

प्रदर्शन अवधि नेताहरूले जम्मू-कश्मीरलाई पूर्ण राज्यको दर्जा शीघ्र बहाल गर्ने माग दोहोऱ्याए। मुख्यमन्त्री उमर अब्दुल्लाले भने, राज्यका अधिकारहरू बहाली गर्ने मागमा पार्टीले आफ्नो आवाज निरन्तर उठाइरहनेछ। उनले भने, यस मागलाई लिएर आगामी 20 जुलाईका दिन दिल्लीको जन्तर-मन्तरमा एक विराट प्रदर्शन आयोजना गरिनेछ जसमा पार्टीका नेता अनि कार्यकर्ताहरू सामेल हुनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande