सड़क दुर्घटनामा व्यक्तिको मृत्यु, एकजना घाइते
सड़क दुर्घटनामा व्यक्तिको मृत्यु, एकजना घाइते


कामरूप (असम), 12 जुलाई (हि.स.)। कामरूप जिल्लाको पलासबारीमा भएको एक सड़क दुर्घटनामा एक जना व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने दोस्रो व्यक्ति गम्भीर रूपमा घाइते भए।

पुलिसले आइतवार बतायो, बितेको अबेर राति सामान लादिएको कन्टेनरको चपेटमा परी एकजना स्कुटी चालकको घटनास्थलमै मृत्यु भयो। मृत स्कुटी चालकको पहिचान द्विजेन दासको रूपमा गरिएको छ। स्कुटीमा सवार दोस्रो व्यक्तिलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ।

घटनाबारे जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसको टीमले शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। घटना भइरहेको बेला मुसलधारे पानी परिरहेको छ। पुलिसले यस सम्बन्धना एक प्राथमिकी दर्ता गरी मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande