
गुवाहाटी, 12 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, राज्यभरि सञ्चालित नशा विरोधी अभियानको पहिला विपक्षले विरोध गर्थ्यो, पुलिसको न्यायोचित कारबाहीलाई लिएर पनि प्रश्न उठाउँठ्यो भने अब त्यही विपक्ष यस मुद्दामा सरकारको साथमा उभिएको स्पष्ट देखिँदैछ।
मुख्यमन्त्रीले भने, यदि विपक्षले पाँच वर्षअघि नै सरकारलाई सहयोग गरेको भए असम पुलिसले नशा तस्करी विरोधी अभियानमा अझ बढ़ी प्रभावकारी परिणाम हासिल गर्नसक्थ्यो।
उनले भने, जाँच तथा पक्राउ अभियानले मात्र नशाको समस्यालाई पूर्ण रूपले समाधान गर्न सकिँदैन। समाजलाई नष्ट बनाउने यस्तो कुकृत्यसलाई जरैदेखि उन्मूलन गर्नको लागि सर्वसाधारण मानिसहरूको पनि सक्रिय सहभागिता तथा सहयोगको खाँचो छ।
डा. सरमाले आइतवार नलबाड़ीमा जफत गरिएका मादक पदार्थहरूको विनष्टीकरण (दहन) कार्यक्रमको अवसरमा मीडियासित बातचित गरिरहेका थिए। उनले भने, राज्य सरकारले नशा तस्करीको विरोधमा 'जीरो टलरेन्स' - को नीतिमाथि काम गरिरहेको छ भने भविष्यमा पनि यो अभियान पूर्ण कड़ाईपूर्वक जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा