
लखनऊ, 12 जुलाई (हि.स.)। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आइतवार गोरखपुरमा 'पवित्र त्रिवेणी' -को बिरूवा रोपेर 'वृक्षारोपण महायज्ञ-2026'- को शुभारम्भ गरे। यस अवसरमा वन मन्त्री डा. अरूण कुमार सक्सेना पनि उपस्थित थिए।
मुख्यमन्त्रीले विकास वाटिकाको स्थापना, वन विभागको तत्वावधानमा वानिकीमाथि आधारित क्यालेण्डरको विमोचन एवं 'मौलश्री'- को बिरूवा रोपेर 'हरित उत्तर प्रदेश'- को पावन संकल्पलाई नयाँ ऊर्जा दिए। साथै योगी आदित्यनाथले मुख्यमन्त्री आवास योजनाका लाभार्थीहरूलाई तथा वृक्षरोपण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मानिसहरूलाई चेक पनि प्रदान गरे।
यस अवसरमा मुख्यमन्त्रीले भने, म प्रदेशवासीहरूलाई आह्वान गर्दछु कि 'वृक्षारोपण महायज्ञ-2026' -को अङ्ग बनौं। तपाईहरू जहाँ पनि हुनुहुन्छ अवश्य एउटा रूख रोपेर त्यसको सुरक्षा गरौं। आफ्नी आमा र धरती आमाप्रति कृतज्ञता व्यक्त गर्दै न्यूनतम पनि 'एउटा रूख आमाको नाम'-मा अवश्य रोपौं अनि 35 करोड़ वृक्षरोपणको यस हरित महायज्ञमा सामेल भएर यसलाई सफल बनाऔं।
योगी आदित्यनाथले कार्यक्रममा बोल्दा भने, यूपीले वृक्षरोपणलाई विस्तार दिनमा पनि सफलता हासिल गरेकोछ। पछिल्लो नौ वर्षभित्रमा उत्तर प्रदेशमा 242 करोड़ रूख रोपिसकिएको छ। उनले भने, प्रकृतिको असन्तुलनलाई सन्तुलित पार्नको लागि प्रत्येक नागरिकले आफ्नो दायित्व निर्वहन गर्न आवश्यक छ। अपरान्ह 12 बजेसम्ममा राज्यभरि नै 16 करोड़ वृक्षरोपण गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा