
कुचबिहार, 12 जुलाई (हि.स.)। तृणमूल कङ्ग्रेसको कुचबिहार जिल्लाका पूर्व जिल्लाध्यक्ष रवीन्द्रनाथ घोष ममता ब्यानर्जीलाई छोड़ेर ऋतब्रत ब्यानर्जीको गुटमा सामेल भएका छन्। गुट परिवर्तन गर्नसाथ उनलाई कुचबिहारको जिल्लाध्यक्ष बनाइएको छ। यस घटनाक्रम पश्चात जिल्लाको राजनीतिमा खैलाबैला मचिएको छ।
ऋतब्रत गुटमा सामेल भएपछि रवीन्द्रनाथ घोषले ममता ब्यानर्जीविरूद्ध असन्तुष्टि व्यक्त गर्दै भने, मैले ममता ब्यानर्जीको साथ छोड़ेको होइन, उनले नै मलाई छोड़ेकी हुन्। उनले बताए, वर्ष 1998-देखि वर्ष 2019 सम्म लगातार 22 वर्षोंसम्म जिल्लाध्यक्ष रहे पनि वर्ष 2019-को लोकसभा चुनाउमा परास्त भएपछि उनलाई अपदस्थ गरियो। वर्ष 2021-देखि उनलाई पार्टीमा कुनै जिम्मेवारी दिइएन। नयाँ कार्यकर्ताहरूले अपमानित गरिरहँदा पनि नेतृत्वले कुनै कद उठाएन।
उनले यो पनि आरोप लगाए, कार्यकाल पूरा हुनअघि नै उनलाई नगरपालिकाको चेयरम्यान पदबाट हटाइयो। यद्यपि उनले ममता ब्यानर्जीप्रति सदैव सम्मान रहने कुरा गर्न चाहिंँ बिर्सिएनन्।
राज्यमा सत्ता परिवर्तन भएपछि कुचबिहारमा तृणमूलको स्थिति कमजोर हुँदै गएको देखिएको छ। जिल्ला कार्यालय पछिल्लो लामो समयदेखिकै बन्द अवस्थामा छ। पार्टीका वरिष्ठ नेताहरू कोही निष्क्रिय छन् भने कोही हराइसकेका छन्।यस स्थितिमा पार्टीको भविष्यलाई लिएर प्रश्न उठिरहेको छ।
अब यो प्रश्न उठिरहेको छ कि वर्तमान अवस्थामा जनता रूष्ट भइरहेको समय 70 भन्दा अधिक वर्ष पुगेका रवीन्द्रनाथ घोषले फेरि सङ्गठनलाई मजबुत बनाउन सक्लान्? त्यैमाथि उनले स्वयं आफू हाल अस्वस्थ भएको बताउँदै चाँड़ै नै पूर्ण शक्तिको साथमाकाम शुरू गर्ने अनि सङ्गलाई पुनर्स्थापित गर्न प्रयास गर्ने बताएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा