
पश्चिम बर्दवान, 12 जुलाई (हि. स.)। सालानपुर थाना क्षेत्रस्थित ईसीएलको बनजेमारी ओपन कास्ट प्रोजेक्ट (ओसीपी)- को कोइला खदानमा एक जना युवतीको कुहिसकेको शव भेटिएको घटनाले क्षेत्रमा सन्त्राष फैलिएको छ। घटना आइतवार बिहानको हो। सूचना पाएर सालानपुर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि आसनसोल जिल्ला अस्पतालमा पठाइदियो।
स्थानीय मानिसहरू अनुसार आइतवार बिहान खदानभित्र ढुङ्गाहरूको चेपमा एउटा सड़िसकेको शव फेला पऱ्यो। यसको सूचना फैलिनसाथ ठूलो सङ्ख्यामा मानिसहरू घटनास्थलमा पुगे। त्यहां उपस्थित मानिसहरूले युवतीले लगाएको कपड़ाको आधारमा उसको पहिचान शिवदासपुर निवासी राबन बाउरीकी पुत्री पूर्णिमा बाउरीको रूपमा गरे।
मृतकाका आफन्त रघुनाथ बाउरीले बताए, पूर्णिमा मानसिक रूपमा केही अस्वस्थ थिई। उ प्रायजसो नै घरबाट कसैलाई नभनी हिंड़थी अनि केही समयपछि फर्केर आउँथी।पछिल्लो आइतवार पनि उ घरबाट हिँड़ेकी थिई, तर यसपालि उ फर्केर आइन। त्यसपछि परिवारले सालानपुर थानामा उसको हराएको सूचना दर्ता गराएको थियो। परिवारलाई उसलाई लगातार खोजिरहेको थियो।
आइतवार बिहान खदानबाट उसको शव भेटिएपछि परिवार शोकमा डुबेको छ। पुलिसले शवलाई खदानदेखि बाहिर निकालेर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
पुलिसको भनाइ छ, पोस्टमार्टम रिपोर्ट आएपछि नै मृत्युको वास्तविक कारणहरूको खुलासा हुनेछ। सालानपुर थाना पुलिसले सबै पक्षहरूलाई ध्यानमा राखेर मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा