सरकारी अभिलेखहरूमा हेरफेर गरेको आरोपमा तृणमूल नेता सहित तीन जना समातिए
सरकारी अभिलेखहरूमा हेरफेर गरेको आरोपमा तृणमूल नेता सहित तीन जना समातिए


पुरुलिया, 12 जुलाई (हि. स.)। सरकारी अभिलेखहरूमा कथित हेरफेर सहित एकाधिक आरोपहरूमा पुरुलिया जिल्ला परिषदका सह-सभाधिपति तथा तृणमूल कङ्ग्रेसका नेता सुजय ब्यानर्जीलाई पक्राउ गरिएको छ। गए शनिवार अबेर राति पुलिसले उनलाई पुँचा थानाको लाखरा गाउँस्थित उनको आवासबाट पक्राउ गरेको छ।

आइतवार पक्रा पर्ने तीनै आरोपीहरूलाई पुरूलिया जिल्ला न्यायालयमा पेश गरियो। न्यायालयमा परिसरमा सम्वाददाताहरूसित बातचित गर्दै सुजय ब्यानर्जीले दाबी गरे, आफूलाई के कारणले पक्राउ गरिएको हो भन्ने कुरा उनलाई थाहा नै छैन।

यसै मामिलामा उनका भतिज तथा पुँचा पञ्चायत समितिका सह-सभापति कृपासिन्धु ब्यानर्जी र पञ्चायत समितिका कर्माध्यक्ष चरणपहाड़ी दासलाई पनि पक्राउ गरिएको छ।

क्षेत्रका केही मानिसहरूले गरेको सिकायतको आधारमा पुलिसले यो कारबाही गरेको हो। आरोप छ, सरकारी अभिलेखहरूमा हेरफेर गर्नको साथै सरकारी दायित्व निर्वहन गर्दै विश्वासभङ्ग तथा सामूहिक रूपमा आपराधिक षड़यन्त्रमा रहेको मामिलामा पनि यिनीहरू संलिप्त रहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande