
जम्मू,, 12 जुलाई (हि.स.)।जम्मू-कश्मीरमा आपत्तिजनक सामग्री भएका पुस्तकहरूको मामिलामा काउन्टर इन्टिलिजेन्स यूनिटले तीन जना प्रकाशकहरूलाई पक्राउ गरेको छ। अधिकारीहरू अनुसार यो कारबाही जम्मू अनि दिल्लीमा गरिएको संयुक्त कारबाहीपछि भएको हो। जाँच एजेन्सीले ती प्रकाशकहरूको भूमिकाको जाँच गरिरहेको छ जसमाथि यस्ता पुस्तकहरू प्रकाशन तथा वितरणमा सामेल रहेको आरोप लागेको छ जसमा अत्यधिक अनुचित सामग्री भएको कुरा बाहिरिएको छ।
मामिलामा गत 4 जुलाईको दिन काउन्टर इन्टेलिजेन्स यूनिटले भारतीय न्याय संहिताका विभिन्न धारा औ गैरकानूनी गतिविधि (रोकथाम) अधिनियमको धारा 13 अन्तर्गत एफआईआर दर्ता गरेको तियो। यो कारबाही सरकारी पुस्तकालयहरूमा प्राप्त दुई वटा पुस्तकको सन्दर्भमा गरिएको हो जसमा अलगाववादी नेताहरूको महिमा गाइएको छ।अधिकारीहरू अनुसार पक्रा पर्ने प्रकाशकहरूमा ओबेरोय बुक सर्भिसका इन्दरपाल तथा डोमिनेन्ट पब्लिशर्सका अमरदीप सिंह र गिरीश अरोड़ा सामेल छन्। यसअघि दुवै प्रकाशक संस्थानहरूलाई सरकारद्वारा ब्ल्याकलिस्ट गरिसकिएको थियो भने गत 6 जुलाईमा उनीहरूको परिसरमा छापामारी पनि गरिएको थियो।
अधिकारीहरूले बताए, जाँच अहिले पनि जारी छ। आगामी दिनमा थप पक्राउ हुनसक्छ। जानकारी अनुसार एउटा पुस्तकको 123 प्रति जम्मू, रामबन औ उधमपुर जिल्लामा पठाइसकिएको थियो भने दोस्रो पुस्तकको 128 प्रति जम्मू र बारामूला जिल्लामा वितरण गरिएको थियो। यसै मामिलामा जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले स्कूल शिक्षा विभागका आठ जना अधिकारीहरूलाई निलम्बन गरेका छन् भने एकजना अस्थायी कर्मचारीलाई बर्खास्त गरी जाँच गर्ने आदेश दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा