
श्रीनगर, 12 जुलाई(हि.स.)। जम्मू-कश्मीरलाई पुनः राज्यको दर्जा दिने मागमा नयाँ दिल्लीको जन्तर-मन्तरमा नेशनल कन्फ्रेन्सको प्रस्तावित विरोध प्रदर्शनपूर्व डिप्टी सीएम सुरिन्दर चौधरीले भने, केन्द्रशासित प्रदेशका मानिसहरूको लागि वास्तविक राम्रो दिन त्यसबेला मात्र आउनेछ जतिबेला राज्यको दर्जा बहाल हुनेछ। उनले पत्रकारहरूसित कुराकानी गर्दै भने, बेरोजगारी जम्मू-कश्मीरको निम्ति ठूलो चुनौतीहरूमध्ये एक हो। उनले केन्द्र सरकारसित आग्रह गरे, उसले अलिकति पनि ढिल्याई नगरी यस क्षेत्रलाई पुनः राज्यको दर्जा देओस्।
डिप्टी सीएमले भने, आज हरेक घरमा एकजना बेरोजगार युवा छ, हामीलाई राज्यको दर्जा फिर्ता देओस्। यो जम्मू-कश्मीरका मानिसहरूको आवाज हो। आफ्नो मागप्रति नेशनल कन्फ्रेन्स सरकारको प्रतिबद्धतालाई दोहोऱ्याउँदै चौधरीले घोषणा गरे, राज्यको दर्जा बहाल गर्ने मागको लागि आगामी 20 जुलाईमा नयाँ दिल्लीको जन्तर-मन्तरमा हुन गइरहेको विरोध प्रदर्शनमा एनसीका सबै विधायक तथा मन्त्रीहरू सामेल हुनेछन्। उनले भने, आगामी 20 जलाईमा नेशनल कन्फ्रेन्सका सबै विधायक अनि मन्त्रीहरू जन्तर-मन्तरमा जानेछन् अनि राज्यको दर्जा बहाल गर्ने मागमा धरनामा बस्नेछन्। यो प्रस्तावित विरोध प्रदर्शन जम्मू-कश्मीरलाई राज्यको दर्जा फिर्ता दिलाउनको लागि नेशनल कन्फ्रेन्सले लगातार चलाइरहेको अभियान अन्तर्गत भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा