हात्तीहरूको हमलाबाट पीड़ित ग्रामीणहरूले गरे सड़क जाम, सुरक्षा एवं ठोस कारबाही गर्ने माग
हात्तीहरूको हमलाबाट पीड़ित ग्रामीणहरूले गरे सड़क जाम, सुरक्षा एवं ठोस कारबाही गर्ने माग


अलिपुरद्वार, 12 जुलाई (हि.स.)। लगातार भइरहेको हात्तीहरूको आतङ्क अनि वन विभागले लापरवाही गरेको आरोपमा आइतवार फालाकाटा क्षेत्रमा व्यापक तनाउ देखियो। घरहरूमा तोड़फोड़, फसलहरूलाई नोक्सान पुऱ्याएको विरोधमा तथा सुरक्षाको माग गर्दै छोटा सालकुमार, तालुकेरटारी औ हरिमन्दिर गाउँका निवासीहरूले फालाकाटा-मादरिहाट राज्य सड़कलाई लगभग सवा घण्टासम्म जाम गरेर प्रदर्शन गरे।

प्राप्त जानकारी अनुसार गए शनिवार राती पनि फालाकाटाका क्षेत्रहरूमा तीन वटाभन्दा अधिक हात्तीहरूको बथानले ताण्डव मचायो। यहाँका 6 वटा घरहरूलाई क्षतिग्रस्त बनाइदियो। राती अँध्यारोमा आफ्नो ज्यान बचाुनका लागि ग्रामीणहरू पलङ मुनि लुके भने कतिपय आफ्ना बाल-बच्चालाई लिएर छिमेकीको घर, सुरक्षित स्थानमा भागे। रातभरि नै ग्रामीण भयभित भएर बिताउन बाध्य भए। हात्तीहरूको बढ़्दो आतङ्कले हैरान भएर आइतवार बिहान पाँच माइलको छेउमा हरिमन्दिरमा स्थानीय पुरूष अनि महिलाहरूले स़ड़क जाम गरिदिए। यस अवरोधको कारणले अपरान्ह 12 बजेसम्म यातायात पूर्ण रूपले ठप्प रह्यो। सूचना पाएर फालाकाटा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि ग्रामीणहरूलाी सम्झाएर स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले आश्वासन दिएपछि अपरान्ह 12 बजे जामलाई हटाइयो। त्यसपछि वन विभागका अधिकारीहरूले पनि घटनास्थलमा पुगेर स्थितिको जायजा लिए।

ग्रामीणहरूले आरोप लगाएका छन्, मदारिहाट रेञ्जको दक्षिण खैरबाड़ी बीटको जङ्गलबाट हात्तीहरूको बथान प्रायजसो नै गाउँमा पस्छ। आपतकालीन स्थितिमा फोन गर्दा पनि वन कर्मीहरूले कैयौं पटक फोन उठाउँदैनन् वा समयमा घटनास्थलमा पुग्दैनन्।

ग्रामीणहरूले स्पष्ट रूपमा माग गरेका छन्, वन विभागले क्षेत्रमा निगरानी बढ़ाओस् अनि हात्तीहरूको आतङ्कको स्थायी समाधान निकालोस्। वन विभागीय अधिकारीहरूले आश्वस्त पारेका छन्, स्थितिमाथि लगातार नजर राखिनेछ अनि क्षतिग्रस्त घरहरूलाई उचित क्षतिपूर्ण दिइनेछ। हाल पुलिस अनि वन विभागको हस्तक्षेपपछि स्थिति सामान्य भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande