
पश्चिम मेदिनीपुर, 12 जुलाई (हि. स.)। जिल्लाको दासपुर थाना क्षेत्रको आरिट गाउँमा अवैध देशी मदिराको विरोध गरेकोमा तीन जना महिलाहरूमाथि कुटपिट भएको मामिला सार्वजनिक भएको छ। घटनापछि क्षेत्रमा तनाउ व्याप्त भएको छ। घाइते महिलाहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गरिएको छ।
प्राप्त जानकारी अनुसार आइतवार बिहान यी तीनै जना महिलाहरू गाउँको बाटो भएर कतै गइरहेका थिए। आरोप छ, यसै अवधि अर्को गाउँका केही महिला अनि पुरूषहरूले उनीहरूको बाटो छेके। पहिला दुई पक्षमाझ भनाबैरी भयो जसपश्चात महिलाहरूमाथि सार्वजनिक रूपमा कुटपिट गरियो।
पीड़ित महिलाहरूको आरोप छ, उनीहरूले बितेका केही महिनादेखिको क्षेत्रमा चलिरहेको अवैध देशी रक्सीको व्यापारविरूद्ध आवाज उठाइरहेका थिए। यस सम्बन्धमा उनीहरूले गाउँका केही जागरूक मानिसहरूलाई साथमा लिएर प्रशासन समक्ष कैयौं पटक सिकायत पनि दर्ता गराएका थिए। उनीहरूको दाबी छ, यसै कारणले उनीहरूलाई लक्षित गरिएको हो।
पीड़ित महिलाहरूले दासपुर थानामा लिखित सिकायत दर्ता गराएका छन्। पुलिसले सिकायत दर्ता गरी मामिलाको जाँच गर्न शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा