
सोनादा, 12 जुलाई (हि.स.)। भारतीय जनता पार्टी सोनादा मण्डल अन्तर्गत एक समर्थन तथा स्वागत कार्यक्रम आज मण्डल अध्यक्ष मीना कुमारी थापाको नेतृत्वमा आयोजना गरियो। कार्यक्रममा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको विशेष उपस्थिति रहेको थियो।
उनको सोनादा आगमनका क्रममा पार्टीका कार्यकर्ताहरूबीच भेटघाट, पार्टी कार्यालयको उद्घाटन तथा विभिन्न अन्य राजनीतिक दलबाट भारतीय जनता पार्टीमा प्रवेश गर्न इच्छुक व्यक्तिहरूलाई औपचारिक रूपमा स्वागत तथा समर्थन गर्ने कार्यक्रम सम्पन्न गरिएको थियो। यस कार्यक्रमले स्थानीय स्तरमा पार्टीप्रतिको जनविश्वास अझ सुदृढ बनाउँदै संगठन विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिइएको छ।
हिन्दुस्थान समाचार / हनोक