माफाको सोनादा शाखाको नयाँ डोजोको उद्घाटन
माफाको सोनादा शाखाको नयाँ डोजोको उद्घाटन


सोनादा, 12 जुलाई (हि.स.)। मार्सल आर्ट एण्ड फिटनेस एकाडेमी (माफा) को सोनादा शाखाको नयाँ डोजो सोनादामा उद्घाटन गरिएको छ। कार्यक्रममा दार्जिलिङ जिल्ला राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रभारी देवेन्द्रकुमार प्रधान मुख्य अतिथि र देव कुमार प्रधान विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।

एकाडेमीकी संस्थापक कोषाध्यक्ष प्रमिला प्रधान अनि माफाकी निर्देशक कल्पना छेत्रीले नयाँ डोजोको संयुक्त रूपमा उद्घाटन गरे। उद्घाटन लगत्तै विद्यार्थीहरूले अतिथिहरूका सामु विभिन्न कला र प्रदर्शनहरू प्रस्तुत गरेका थिए।

यसै क्रममा प्रथम चरणको ग्रेडिङ परीक्षामा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीहरूलाई मुख्य अतिथि र विशिष्ट अतिथिको बाहुलीबाट पहेंलो बेल्ट र प्रमाणपत्र वितरण गरियो।

माफाका अध्यक्ष सेन्सेई सन्दीप गोर्खा प्रधानले जानकारी दिए अनुसार, सोनादा शाखामा जुडो र मिक्स्ड मार्शल आर्ट्स पनि शुरु गरिएको छ। यहॉं हरेक उमेरका मानिसहरूले आत्मरक्षाको कला सिक्न सक्नेछन्। युवाहरू मोबाइलको सट्टा शारीरिक गतिविधिहरूमा संलग्न हुन सक्नेछन्

उनले युवाहरूलाई फाइट स्पोर्ट्समा आफ्नो क्षमता प्रमाणित गर्ने उचित प्लेटफर्म प्रदान गरिने र उनीहरूले उच्च स्तरका च्याम्पियनसिपहरूमा पनि प्रतिस्पर्धा गर्न सक्नेछन् भनी बताए। उनले फाइट स्पोर्ट्समा आफ्नो करियर बनाउन चाहने उत्कृष्ट विद्यार्थीहरूलाई उनीहरूको प्रदर्शन र आचरण हेरेर रोजगारीको अवसर पनि प्रदान गरिने आश्वासन दिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande