
श्रीनगर, 13 जुलाई (हि.स.)। जम्मू-कश्मीरको बारामुला जिल्लामा आज बिहान 3.6 तीव्रताको हल्का भूकम्प आयो। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) अनुसार सोमवार बिहान जम्मू-कश्मीरको बारामुला जिल्लामा 3.6 तीव्रताको हल्का भूकम्प आयो। यस भूकम्पको कारणले कुनै पनि प्रकारको क्षति भएको वा मानवीय क्षति भएको सूचना अहिलेसम्म प्राप्त भएको छैैन। यसअघि पनि यहाँ गत फरवरी महिनामा भूकम्प आएको थियो जतिबेला रिक्टर स्केलमा 4.6 तीव्रताको भूकम्पले सम्पूर्ण क्षेत्रलाई हल्लाइदिएको थियो। त्यसबेला पट्टन क्षेत्र भूकम्पको केन्द्र थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा