
गुवाहाटी, 13 जुलाई (हि.स.)। अखिल भारतीय संयुक्त लोकतान्त्रिक मोर्चा (एआईयूडीएफ) प्रमुख एवं विधायक बदरुद्दीन अजमलले आरोप लगाए, कङ्ग्रेसका 18 जना मुस्लिम विधायकहरू जो मुख्य रूपमा मुस्लिम समुदायको भोटले नै विधानसभामा पुगेका छन्,- ले राज्यका मुसलमानहरूको मुद्दालाई लिएर सदनमा आवाज उठाउँदैनन्।
असम विधानसभाको कारबाहीमा भाग लिन सोमवार विधानसभामा आएका पार्टी प्रमुख अजमलले पत्रकारहरू समक्ष भने, विधायकहरूले बेदखली अभियान सहित अल्पसङ्ख्यक समुदायसित सम्बन्धित अन्य मुद्दाहरूमा कुनै पनि प्रकारको विरोध गर्दैनन्।
उनले दाबी गरे, राज्यका अल्पसङ्ख्यक समाजको पक्षबाट विधानसभामा उनी स्वयं अनि एआईयूडीएफ विधायक मजिबुर रहमानले मात्र निरन्तर आवाज उठाइरहेका छन्। उनले यो टिप्पणी कङ्ग्रेसका अल्पसङ्ख्यक विधायकहरूको भूमिकामाथि प्रश्न उठाउँदै गरेका हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा