
पश्चिम मेदिनीपुर, 14 जुलाई (हि. स.)। जिल्लामा अवैध मदिरा व्यापार एवं अन्य मादक पदार्थहरूविरूद्ध पुलिस तथा आबकारी विभागले व्यापक अभियान सञ्चालन गर्दै खड़गपुर, नारायणगढ़ औ पिङ्गला क्षेत्रमा केही अवैध अड्डाहरूमा छापामारी गरियो। यस अवधि प्रचुर मात्रामा देशी-विदेशी मदिरा जफत गरियो भने केही मानिसहरूलाई जाँचबुझको निम्ति हिरासतमा लिइएको छ।
पुलिस सूत्र अनुसार राज्य सरकारको निर्देश पश्चात खड़गपुर टाउन पुलिसले गए सोमवार राती गोलबजार सहित विभिन्न क्षेत्रहरूमा अवैध मदिराका अड्डाहरूविरूद्ध विशेष अभियान सञ्चालन गऱ्यो। अभियानको नेतृत्व खड़गपुरका अनुमण्डल पुलिस अधिकारीले गरेका थिए भने उनीसित खड़गपुर टाउन थानाको ठूलो पुलिस टीम सामेल थियो। छापामारीमा केही अवैध मदिरा अड्डाहरूको जाँच गरिनका साथै केही मानिसहरूलाई हिरासतमा लिइयो। पुलिसले स्पष्ट पारेको छ, शहरमा अवैध गतिविधिहरूमाथि अङ्कुश लगाउनको लागि यस प्रकारको अभियानलाई आगामी दिनमा पनि जारी राख्नेछ।
यसरी नै नारायणगढ़ थाना क्षेत्रको ग्रामराज ग्राम पञ्चायत अन्तर्गत बड़ा कलङ्काई गाउँमा पुलिस र आबकारी विभागले संयुक्त अभियान चलाएर एक अवैध देशी मदिराको भट्टीलाई ध्वस्त बनाइदियो। यस अवधि लगभग 40 लीटर देशी मदिरा जफत गरियो भने 800 लीटर मदिरा बनाउने सामग्रीलाई नष्ट गरियो। अवैध मदिरा निर्माणको आरोपमा एकजना मानिसलाई पक्राउ गरिएको छ।
पिङ्गला थाना क्षेत्रमा पनि पुलिस र आबकारी विभागले संयुक्त रूपमा अवैध देशी मदिराका भट्टीहरू, मदिराका अड्डा तथा अवैध विदेशी मदिराका पसलहरूविरूद्ध विशेष अभियान सञ्चालन गऱ्यो। अभियानको क्रममा अवैध भट्टीहरूलाई भत्काइयो भने मदिरा निर्माणा प्रयुक्त उपकरणहरूलाई नष्ट गरियो। अवैध विदेशी मदिराका पसलहरूको जांच गरी आवश्यक कारबाही गरियो।
नारायणगढ़का स्थानीय निवासी पेशाले शिक्षक हरिपदा दासको भनाइ छ, पछिल्लो लामो समयदेखिकै अवैध मदिराको कारबार भइरहेकोले गाउँको सामाजिक वातावरण प्रभावित भइरहेको थियो भने युवाहरूमा नशाको प्रवृत्ति बढ़िरहेको थियो।
पुलिस एवं प्रशासनले कड़ा शब्दमा भनेको छ, मुख्यमन्त्रीको निर्देशानुसार समाजलाई नशामुक्त बनाउने अनि कानून व्यवस्थालाई सुदृढ़ बनाउने उद्देश्यले भविष्यमा पनि यस किसिमको अभियान लगातार जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा