नाबालिकहरूको तस्करी गर्ने प्रयास असफल, सिलगढ़ीमा पुलिसले गऱ्यो रेस्क्यू
नाबालिकहरूको तस्करी गर्ने प्रयास असफल, सिलगढ़ीमा पुलिसले गऱ्यो रेस्क्यू


सिलगढ़ी, 15 जुलाई (हि.स.)। मालदाबाट दुई जना नाबालिकहरूलाई दक्षिम कोरियामा मोडलिङ्ग गर्ने प्रलोभन देखाएर तस्करी गर्ने प्रयासलाई पुलिसले गए मङ्गलवार राती असफल बनाइदियो। सिलगढ़ीमा न्यू जलपाईगुड़ी थानाको सक्रियताबाट दुवैलाई सुरक्षित बचाइयो।

पुलिस सूत्र अनुसार दुबै नाबालिक मालदा निवासी हुन्। सोशल मीडियाको माध्यमबाट केही मानिसहरूसित सम्पर्क गरेपछि उनीहरूलाई दक्षिण कोरियामा मोडलिङ्ग गर्ने अवसर दिलाउने प्रलोभन देखाइएको थियो। उनीहरूलाई भुटान सीमाको छेउमा पुग्ने निर्देश दिइएको थियो जसपश्चात उनीहरू तस्करहरूले बताए अनुरूप बसमा सवार भए। यसबीच परिवारले दुवै बेपत्ता भएको सिकायत पुलिसमा दर्ता गराए। सूचना पाएर न्यू जलपाईगुड़ी थानाले मङ्गलवार राती नौकाघाट क्षेत्रमा बसहरूलाई रोकेर जाँच गर्न शुरू गऱ्यो। पछि जलपाईमोड़ क्षेत्रमा संदिग्ध बसलाई रोकेर दुवै नाबालिकाहरूलाई सुरक्षित उतारियो। त्यसपछि दुवैलाई थानामा ल्याएर तत्कालै परिवारलाई सूचना दिइयो।

घटना बारे जानकारी पाउनसाथ भाजपाको इङ्गलिश बजारग्लिकी पूर्व विधायक श्रीरूपा मित्रा चौधरी पनि थानामा पुगिन्। उनले पीड़िताहरूसित बातचित गर्दै तत्काल कारबाही गरेकोमा पुलिसको सराहना गरिन्। उनले भनिन्, प्रशासनले समयमै पहल गरेको कारणले आज एउटा ठूलो घटना हुनदेखि बच्यो।

पुलिसले मामिलाको जाँच गरिरहेको छ। साथै यस तस्करी ऱ्याकेटसित जोड़िएका मानिसहरूलाई खोज्न जारी राखेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande