
कुलगाम, 15 जुलाई (हि.स.)। दक्षिण कश्मीरको कुलगाम जिल्लामा केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ)- का एकजना असिस्टेन्ट सब-इन्स्पेक्टर (एएसआई)- को ड्यूटीमै हृदयाघातको कारणले मृत्यु भयो। घटनापछि उनलाई तत्काल अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। अधिकारीहरूले मामिलाको अग्रिम कारबाही शुरू गरेका छन्।
अधिकारीहरू अनुसार सीआरपीएफको 18औं बटालियनमा तैनाथ एएसआई जय प्रकाश जो हरियाणाका निवासी थिए, बुधवार बिहान ड्यूटीमै अचानक मुर्छित परे। साथी जवानहरूले उनलाई तत्कालै उपचारको निम्ति गभर्मेन्ट मेडिकल कलेज (जीएमसी) अनन्तनागमा पुऱ्याए।
अस्पतालमा चिकित्सकहरूले जाँच गरेपछि उनलाईमृत घोषित गरिदिए। ़डाक्टरहरू अनुसार उनको मृत्यु कार्डियक अरेस्ट (हृदय गति रोकिएको)- को कारणले भएको हो।
अधिकारीहरूले बताए, मृतक एएसआईको पहिचान हरियाणा निवासी जय प्रकाशको रूपमा भएको छ। घटनापछि आवश्यक कानूनी एवं विभागीय औपचारिकताहरू शुरू गरिएको छ। साथै अन्य प्रक्रिया पनि नियमानुसार पूरा गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा