
उत्तर 24 परगना, 15 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा सत्ता परिवर्तन भएपछि तृणमूल कङ्ग्रेसका नेताहरू विरूद्ध कारबाही गर्ने सिलसिला जारी छ।यसै क्रममा बुधवार नौहाटी नगरपालिकाका पूर्व चेयरम्यान तथा तृणमूल कङ्ग्रेसका नेता अशोक चट्टोपाध्यायलाई पुलिसले निजी आवासबाट पक्राउ गऱ्यो।
पुलिस अनुसार उनी विरूद्ध वर्ष 2025- मा भाजपा कार्यकर्तामाथि कुटपिट, घरहरूमा तोड़फोड़, महिलासित अश्लील कृत्य, दङ्गा भड़्काउने प्रयास सहित अन्य आपराधिक मामिलाहरूमा सिकायत दर्ता गरिएको छ। केही दिनअघि उनका पुत्रलाई पनि पुलिसले पक्राउ गरेको थियो।
विधानसभा चुनाउपछि राज्य सत्तामा भाजपा सत्तासिन भए पश्चात केही नगरपालिकाहरूमा प्रशासनिक गतिरोधको स्थिति उत्पन्न भएको थियो। नैहाटी नगरपालिकामा पनि तत्कालीन चेयरम्यान अशोक चट्टोपाध्याय सहित केही पार्षदहरूले कार्यालयमा आउनै छाड़ेका थिए जसबाट नगरपालिकाको कामकाज प्रभावित भइरहेको थियो।
भनिन्छ, गत मई महिनामा अशोक चट्टोपाध्याय एकपटक फेरि नगरपालिका कार्यालयमा पुगेका थिए जहाँ उनको विरोधमा प्रदर्शन भयो। आरोप छ, प्रदर्शनकारीहरूले उनलाई घेरेर कार्यालय बाहिर जान बाध्य बनाए। यस अवधि केही नगरपालिका कर्मचारीहरूमाथि कुटपिट पनि भएको थियो।
पछि अशोक चट्टोपाध्यायले नगरपालिकाको चेयरम्यान पदबाट राजीनामा दिएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा