खरसाङको चिम्नी देउराली ग्राम पञ्चायतमा गोजमुमोको बोर्ड गठन
gjmm committee formed


खरसाङ, 15 जुलाई (हि.स.)। खरसाङ खण्ड अन्तर्गत चिम्नी देउराली ग्राम पञ्चायतमा गोर्खा जनमुक्ति मोर्चाको पञ्चायत बोर्ड गठन गरिएको छ। चिम्नी देउराली ग्राम पञ्चायत कार्यालयमा पञ्चायत विकास अधिकारी खरसाङ ब्लकको उपस्थिति र निगरानीमा औपचारिक सभामा बिमल तामाङ पुनः पञ्चायत प्रधानमा नियुक्त भएका छन्।

चिमनी देवराली ग्राम पञ्चायतमा विगत दिनमा भाजपाका उप प्रधान अनुपा सुब्बाले आफ्नो राजीनामा दिएपछि उक्त उप प्रधानको पदमा भर्खरै भागोप्रमोबाट गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका दिपेश थापालाई उप प्रधान नियुक्त गरिएको छ। यसरी नै चिम्नी देउराली ग्राम पञ्चायतको पाँच सदस्यीय बोर्डमा गोजमुमोको पक्षमा अन्य एकजना सदस्या शारदा थापा रहेका छन् भने विपक्षी बेञ्चमा एकजना भाजपा अनि एकजना भागोप्रमोका सदस्य रहेका छन्।

चिम्नी देउराली ग्राम पञ्चायतमा गोर्खा जनमुक्ति मोर्चाको बोर्ड गठन भएको छ। यस अवसरमा सरकारी अधिकारीहरूसँगै गोर्खा जनमुक्ति मोर्चाबाट केन्द्रिय उपाध्यक्ष प्रदीप प्रधान, खरसाङ महकुमा समितिका सभापति योगेन्द्र राई लगायत वरिष्ठ नेताहरु उपस्थित थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande