दक्षिण बङ्गालमा वर्षा हुने सम्भावना, उत्तरमा घना वर्षाको चेताउनी
दक्षिण बङ्गालमा वर्षा हुने सम्भावना, उत्तरमा घना वर्षाको चेताउनी


कोलकाता, 14 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा मङ्गलवार मौसमको स्वरूप मिश्रित रहने अनुमान छ। मौसम विभागानुसार दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा आंशिकदेखि घना बादल लाग्नेछ भने कतिपय स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा वज्रपात सहित घना वर्षा हुनसक्छ।

अर्कोतिर उत्तर बङ्गालका पार्वतीय तथा तराई क्षेत्रमा मुसलधारे पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अप्नाउने सल्लाह दिइएको छ।

कोलकाताको आकाशलाई घना बादलले ढाक्नेछ भने कोलकाता सहित हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, नदिया तथा मुर्शिदाबाद जिल्लाहरूमा अपरान्हपछि पानी पर्ने अनुमान लगाइएको छ।

राजधानी कोलकातामा अधिकतम तापमान 34 डिग्री सेल्सियस तथा न्यूनतम तापमान 27 डिग्री सेल्सियसको वरपर रहनेछ। अधिक आद्रताको कारणले मानिसरूलाई बाफिलो गर्मीको सामना गर्नु पर्नसक्छ।

मौसम विभाग अनुसार, दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार औ कुचबिहार जिल्लामा मनसुनी गतिविधि अधिक सक्रिय बनेको छ। यी क्षेत्रहरूमा कतै-कतै मुसलधारे पानी पर्नसक्छ जसले गर्दा तल्लो क्षेत्र जलमग्न हुनको साथै पहाड़ी क्षेत्रहरूमा पैह्रो जाने आशङ्का कायम छ।

मछुआरा र नदी तटीय क्षेत्रहरूका बासिन्दाहरूलाई मौसमको ताजा जानकारीमाथि नजर राख्ने सल्लाह दिइएको छ। प्रशासनले पनि सम्बन्धित जिल्लाहरूलाई आवश्यक सतर्क कदम उठाउने निर्देश दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande