
कछार (असम), 13 जुलाई (हि.स.)। राज्य सरकारको ड्रग्स-विरोधी अभियान अन्तर्गत कछार पुलिसलाई ठूलो सफलता हात लागेको छ। पुलिसले कटीगोरामा बितेको अबेर राती अभियान सञ्चालन गरी 3 हजार याबा ट्याबलेट जपत गर्नको साथै एकजना कथित ड्रग्स तस्करलाई पक्राउ गऱ्यो।
गोप्य जानकारीको आधारमा कटीगोरा एवं कलाइन पुलिस स्टेशनको एक संयुक्त टीमले कटीगोरा पुलिस स्टेशनको अधिकार क्षेत्रमा पर्ने केएच रोडको छेउमा लतिमारा क्षेत्रमा छापामारी गऱ्यो। यस छापामारीमा पुलिसले प्रतिबन्धित याबाको 3,000 ट्याबलेट जफत गऱ्यो भने एकजना संदिग्धलाई पक्राउ गऱ्यो।
संदिग्धको पहिचान कछार जिल्लाको कटीगोरा पुलिस स्टेशन अधिनस्थ लहमली गाउँ निवासी हसन अहमदको रूपमा गरिएको छ। पुलिसले आरोपीविरूद्ध नारकोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्सटेन्स (एनडीपीएस) एक्टका सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरी जाँच कार्य शुरू गरेको छ।
शुरुआती अनुमान मुताविक जफ्त गरिएको याबा ट्याबलेटको अनुमानित मूल्य अवैध बजारमा लाखौं रुपियाँ रहेको बताइएको छ। अधिकारीहरूले यस कराबाहीलाई ड्रग्स तस्करीविरूद्ध कछार पुलिसद्वारा लगातार सञ्चालित अभियानमा एउटा ठूलो सफलता बताइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा