तृणमूल नेता मामन शेखमाथि अदालत परिसरमै अण्डाले प्रहार, पुलिसले नियन्त्रण गऱ्यो
तृणमूल नेता मामन शेखमाथि अदालत परिसरमै अण्डाले प्रहार, पुलिसले नियन्त्रण गऱ्यो


बीरभूम, 13 जुलाई (हि.स.)। जिल्लाको कङ्कालीतला ग्राम पञ्चायतका उपप्रधान एवं तृणमूल कङ्ग्रेस नेता मामन शेखलाई शान्तिनिकेतन थानाको पुलिसले गए आइतवार पक्राउ गऱ्यो। सोमवार अदालतमा पेश गर्नको लागि ल्याइएको तृणमूल नेतामाथि अण्डा फालियो तथा कथित रूपमा कुटपिट पनि गरियो। पुलिसले स्थितिलाई नियन्त्रण गऱ्यो।

जानकारी अनुसार, अदालत लैजाने क्रममा सबैभन्दा पहिला पुलिस वाहनमाथि अण्डा फालियो। त्यसपछि अदालत परिसरमा केही मानिसहरूले मामन शेखमाथि अण्डाले प्रहार गरे। आरोप छ, यस अवधि केही मानिसहरूले तिनीमाथि हातपात पनि गरे। भारी पुलिस बलको उपस्थितिमा उनलाी अदालतभित्र लगियो। मामन शेखको पक्राउको सम्बन्धमा भाजपा नेता खोकन दासले भने, तिनी धेरै वटा आपराधिक मामिलाहरूमा सामेल रहेका छन्। साथै सर्वसाधारण मानिसहरूमा डरको माहोल बनाएका थिए। दोषीहरूले उचित सजाय पाउनेछन्। कुनै पनि अपराधीलाई छोड़िनेछैन, उनले भने।

पुलिस अनुसार मामन शेखविरूद्ध चुनाउपछि हिंसा, जमीन कब्जा गरेको, कुटपिट तथा दुष्कर्म जस्ता गम्भीर मामिलाहरू दर्ता गरिएको छ।

बीरभूमका पुलिस अधीक्षक विदित राज बुन्देशले बताे, दर्ता मामिलाहरूको आधारमा मामन शेख र सिउड़ी- दुई ब्लकका तृणमूल अध्यक्ष नुरूल इस्लामलाई पक्राउ गरिएकोछ। मामिलाको विस्तृत जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande