
गुवाहाटी, 13 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-ले जोराबाट तथा गुवाहाटीका कतिपय क्षेत्रहरूमा आएको कृत्रिम बाढ़ीलाई लिएर कङ्ग्रेस विधायक दलका नेता वाजेद अली चौधरी औ उपनेता जयप्रकाश दासलाई लक्षित गरेको छ।
भाजपाको आरोप छ, यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलजी मेघालय (यूएसटीएम)- को निर्माण कार्य अवधि व्यापक रूपमा पहाड़ काटिएको कारणले जोराबाट सहित महानगरको विस्तृत क्षेत्रमा कृत्रिम बाढ़ीको समस्या उत्पन्न भएको हो। पार्टीले दाबी गरेको छ, गए आइतवारदेखि अहिलेसम्ममा सयकड़ौं वाहनहरू जलभराउको कारणले फसेका छन्।
भाजपाले आरोप लगायो, यूएसटीएमको आलोचना गर्नको सट्टा वाजेद अली चौधरी तथा जयप्रकाश दासले उक्त संस्थानको पक्ष लिरहेका छन्। पार्टी अनुसार दुवै कङ्ग्रेस नेताहरूले भनेका छन्, जोराबाटमा आएको भीषण बाढ़ीको लागि यूएसटीएमलाई जिम्मेवार ठहराउनु हुँदैन।
उल्लेख्य, विधानसभामा प्रतिपक्षका नेता तथा कङ्ग्रेस विधायक वाजिद अली चौधरी अनि उपनेता जेपी दासद्वारा जोराबाटमा आएको कृत्रिम बाढ़ीको समस्याको लागि सरकारलाई दोषी ठहराइयो। दुवै नेताहरूले सोमवार असम विधानसभाको कारबाहीमा सामेल हुनका लागि गइरहेको बेला पत्रकारहरूसितको बातचितमा सरकारमाथि उक्त आरोप लगाए।
यस मुद्दाको कारणले राज्यमा बाढ़ीका कारण तथा जिम्मेवारी तय गर्नेलाई लिएर राजनीतिक बहस चुलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा