
गुवाहाटी, 13 जुलाई (हि.स.)। असम सरकारका मन्त्री एवं स्थानीय विधायक अतुल बोराले सोमवार आरोप लगाए, काजीरङ्गामा प्रस्तावित पाँच तारा हयात होटल अनि चिया जनजाति सांस्कृतिक कलाक्षेत्रको निर्माणलाई लिएर केही मानिसहरूले सुनियोजित ढङ्गमा सरकारलाई बदनाम गर्ने अनि समस्यामा पार्ने षड़यन्त्र रचिरहेका छन्।
प्रणव दलैको पक्राउ पश्चात पत्रकारहरूसित कुराकानी गर्दै बोराले भने, इङ्गले पथारमा प्रस्तावित चिया जनजाति सांस्कृतिक कलाक्षेत्रको निर्माणलाई चिया जनजातिका मानिसहरूले स्वागत गरेका छन्। उनले आरोप लगाए, केही मानिसहरूले राजनीतिक उद्देश्य अन्तर्गत यस मुद्दालाई विवादित बनाउने प्रयास गरिरहेका छन्। सोमवार विधानसभाको कारबाहीमा भाग लिन पुगेका मन्त्री बोराले त्यहाँ पत्रकारहरूसित बातचित गरिरहेका थिए।
मन्त्रीले बताए, परियोजना क्षेत्रमा बसोबास गर्ने 22 परिवारलाई क्षतिपूर्तिको रूपमा पाँच-पाँच लाख रुपियां दिने घोषणा गरिएको छ। उनले भने, सबै परिवारहरूलाई पहिलो चरणमा तीन-तीन लाख रुपियाँ यसबीच प्रदान गरिसकिएको छ।
बोराले भने, सरकार प्रभावित परिवारहरूको हित रक्षा गर्दै परियोजनाहरूलाई अगाड़ि बढ़ाउनको लागि प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा