
इम्फाल, 13 जुलाई (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूले बितेको 24 घण्टाभित्रमा सञ्चालित भिन्न-भिन्न अभियानहरूमा विभिन्न उग्रवादी सङ्गठनका चारजना सक्रिय सदस्यहरूलाई पक्राउ गरे। यीमध्ये एकजना आरोपीको कब्जाबाट एसएलआर राइफल, जिउँदो कारतूस र एउटा बोलेरो वाहन जफत गरियो।
गए 12 जुलाईका दिन सुरक्षा बलहरूले थौबल जिल्लाको यैरिपोक थाना क्षेत्रको अङ्गोम फुटबल टर्फ निकट यैरिपोक पेची रोडबाट मकुई नागा गाउँ निवासी चागिसोङ्गतानबौ नखामनामाई (46)-लाई पक्राउ गरे जसबाट एउटा एसएलआर राइफल, म्यागजिन, 7.62 मिमीको 10 वटा जिउँदो कारतूस तथा एउटा बोलेरो वाहन पनि जफत गरियो।
यसरी न गत 11 जुलाईमा सञ्चालित अलग-अलग अभियानहरूमा केसीपी (नोङ्गद्रेनखोम्बा) -का सक्रिय उग्रवादी एवं कथित रङ्गदारी असुलकर्ता मोहम्मद मोतिम उपनाम लङ्थोइबा उपनाम नानाओ (31)-लाई इम्फाल पूर्व जिल्लाको पोरोमपट थाना क्षेत्रबाट पक्राउ गरियो भने यसै सङ्गठनका अर्का सक्रिय सदस्य थोङ्गाम प्रीथिङ्गाम्बा मैतेई (26)-लाई पनि वाङ्गखेई अयाङ्गपल्ली रोडबाट पक्राउ गरियो।
यस अतिरिक्त ययूपीपीकेका सक्रिय सदस्य सलाम बिजान्दा सिंह उपनाम दीपक उर्फ मेजर (37)-लाई इम्फाल पूर्व जिल्लाको पोरोमपट थाना क्षेत्रस्थित कार्किनोस अस्पतालको छेउबाट पक्राउ गरियो।
यसबीच मणिपुर पुलिसले मोटर वाहन नियमहरूको उल्लङ्घन विरोधी अभियानलाई जारी राख्दै गत 6देखि 12 जुलाईबीच 257 चालान जारी गरियो जसबाट मोठ 2.76 लाख रुपियाँ जरीमाना असुल गरियो। यस अवधि 90 वटा वाहनहरूबाट कालो फिल्मलाई हटाइयो भने एउटा वाहनलाई जफत गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा